धरान / धरान यामाहा कम्पनीको आधिकारीक बिक्रेता एम.ए.डब्लु. इन्टरप्राइजेजले जेड आर स्ट्रिम र्याली नामक नयाँ स्कुटर बजारमा ल्याएको छ ।
यामाहाको बाइक तथा स्कुटरहरुले छोटो अवधिमै बजारमा राम्रो हिस्सा ओगट्न सफल भएसँगै एम.ए.डब्लु. इन्टरप्राइजेजले अर्को आकर्षक स्कुटर बजारमा ल्याएको हो ।
धरान–८ मा रहेको गजुरमुखी टेड्र एण्ड सर्भिस लिकमा सोमबार एक कार्यक्रमको आयोजना गरी सो स्कुटरको उद्धघाटन गरिएको हो ।
कम्पनीका सेल्स एरीया म्यानेजर रबिन श्रेष्ठका अनुसार बजारमा उपलब्ध अन्य स्कुटरहरु भन्दा यामाहा जेड आर स्ट्रिट र्याली ११३ सिसि ब्लु कोर ईन्जीनका साथै उत्कृष्ट पिकअप सहित कैयौं गुणा आरामदायी, स्टाइलिस स्कुटर हो ।
स्कुटरमा चालकको हातको सुरक्षाका लागि नकल गार्ड लगाइएको छ भने फ्रन्ट डिस ब्रेक तथा एलोन ह्वील पनि छ जुन आकर्षक डिजाइन, आरामदायी र आत्मविश्वासी ब्रेकिङ्का लागि उपयुक्त छ ।
सबैभन्दा आरामदायी ट्यागलाइन रहेको यो स्कुटरको सिट आफ्नो श्रेणीमा सबैभन्दा लामो ८ सय एमएम सम्मको भएको हुँदा चलाउने र चढ्ने दुवैलाई उत्तिकै आराम महसुस हुन्छ ।
सो स्कुटर २ वटा आकर्षक रङ्गहरु र्याली रेड र रेसिङ ब्लुमा नेपालभर यामाहाको शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
नेपालभर फैलिएको यामाहा शोरुममा गई ग्राहकहरुले स्कुटर खरिद तथा टेष्ट राईड गरी आकर्षक उपहार पनि तुरुन्त्तै पाउन सक्नेछन् भने दशैँ तिहारलाई लक्षित गरी कम्पनीले बजारमा ल्याएको सो नयाँ स्कुटीको बजार मूल्य रु २ लाख ८ हजार ९ सय रहेको छ ।
विराटनगर / हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जना... ... ...
काभ्रे / काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्... ... ...
ओखलढुंगा / ओखलढुंगामा करेण्ट लागेर विद्युत प्रध... ... ...
विराटनगर / बंगलादेशबाट आवश्यकता भन्दा बढी जुस न... ... ...
विराटनगर / विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved