सामुदायिक वन संरक्षणमा मुख्य चुनौती भनेकै उपभोक्ताको चेतना स्तर हो : अध्यक्ष कार्की

  • प्रकाशित मितिः आश्विन, 15, 2075
  • दिपक पुरी

इटहरी / जनजागृती सामुदायिक वनका अध्यक्ष खड्ग बहादुर कार्कीसंग पहिले किताब संवाददाता दिपक पुरीले गरेको कुराकानीको सम्पादित अंश

१.तपाइलाई पहिलो किताबमा स्वागत छ ।
– धन्यवाद !

२.तपाइले गरेका उपलब्धीको बारेमा वताइदिनोस् न ?
– विशेष गरी सामुदायिक वनको कर्तव्य भनेको वन संरक्षण, खाली जग्गामा वृक्षारोपण मार्फत वनको वृद्धि गनर्् नै हो । सोहि अनुरुप मेरो अध्यक्षतामा रहेको समितिले पनि लगभग ४० हेक्टर जमिन घेराबेरा गरी १० हेक्टर जमिनमा वृक्षरोपण गरेको छ ।

३.यस वनलाई काठ तस्करी लगायतका आरोप लाग्ने गरेका छन् नी ?
– कुरा के हो भने समितिले काठ तस्करी गर्ने हैन । सामुदायिक वनले विक्रि गर्ने काठहरु पूर्ण रुपमा कानुनी हुन्छन् । कानुनको हामीले पूर्ण पालना गरेका छौँ । अर्को कुरा उपभोक्तहरु लाई घाँस दाउरा उपलब्भ गराउने, अर्थात खुल्ला गराइएको छ । हाम्रो सामुदायिक वनको हामीले वन नमासिने ढङ्गवाट उपयोग गर्न पाउनु पर्छे भन्ने हाम्रो मान्यता हो । यो वन १८६ हेक्टर क्षेत्रफलमा फैलीएको छ । उपभोक्ताहरु १२ सय घरधुरी रहेका छन् । यि उपभोक्ता र वनको क्षेत्रफल भित्र तालमेल मिलाएर काम गर्नुपर्ने हुन्छ ।

४.वनको चोरी पैठारी रोक्न वनले के भूमिका निभाउँछ ?
– वनमा हुने अतिक्रमण, वनक्षेत्रमा पु¥याउने नोक्सानी हाम्रो सामुदायिक वनमा मात्र नभएर सबैको साझा समस्या नै हो । यसको न्यूनीकरणमा राज्य संयन्त्र, वन कार्यालयदेखी लिएर सामुदायिक वनले समेत आ–आफ्नो तवरवाट भुमिका निर्वाह गर्नुपर्दछ । मैले के भन्न खोजेको भने सामुदायिक वनको एक्लो प्रयासबाट मात्र वनक्षेत्रको अतिक्रमण तथा चोरी पौठारी नियन्त्रण हुन सक्दैन । तथापी हामीले सामुदायिक वनको वैठक वसेर वनका समस्याहरुलाई कसरी हल गर्न सकिन्छ भनि विकल्पहरुको खोजी गर्ने र त्यसलाई व्यवहारतः लागु गर्ने कामहरु गरीरहेका छौँ । हाम्रो सामुदायिक वनको पनि आफ्नै प्रकारको वनोट हुन्छ । हामी सामुदायिक वनको मुख्य समिति हौं । हाम्रा मुनी विभिन्न टोल समितिहरु छन् । यी समितिहरुमा सबै उपभोक्ताहरुनै रहने हुन् । वन संरक्षण पनि उपभोक्तालेनै गर्नुपर्ने हुन्छ भने अर्को तर्फ वनमा नोक्सान नपुग्ने गरी त्यसको प्रयोग पनी उपभोक्ताले नै गर्ने हो ।

५.वन भित्र समितिलाइ अफ्ठ्यारो पर्ने कुरापनि हुन्छन् ?
– जुनसुकै काममा पनि सझिलो र अफ्ठ्यारो दुवै हुन्छन् । वनमा पनि त्यो छ । वनको हकमा चै कस्तो हुन्छ भने वन समितिले गरेका कामहरु उपभोक्ता बुज्न सकेनन् भने पनि त्यो समस्याको रुपमा देखा पर्दछ । जस्तै हाम्रै वनको उदाहरण लिउँ । पहिला वनमा बाख्रावस्तु खुल्ला थिए । पछि हामीले घेरावेराका साथै वृक्षारोपण पनि ग¥यौँ । वृक्षारोपण गरेपछी वाख्रावस्तु निषेध गरीयो । उपभोक्ताले त्यसलाई रिसिवीको रुपमा लिए । त्यस्तै वन भित्र हुने चोरी पौठारीले पनि समितिलाई समस्या वनाइ रहेको हुन्छ । वनमा काठहरु तस्करले चोरी गर्दछन् । त्यसको ठाडो प्रश्नचाहीँ वन समितिलाई आउँछ । विभिन्न मुद्धा लाग्ने कानुनी झन्जटहरु श्रृजना गरिदिने लगाएतका समस्या आउँछन् । एक प्रकारले मानिसहरु वनमा तस्करहरुले गर्ने गतिविधिलाई समितिको मिलेमतो संग गाँसिदिन्छन् । त्यो वुझाइको कमि हो । तर त्यही वुझाइको कमिले समिति विवादमा मुछिने गर्दछ । गलत छ है भनि विष्लेशण गर्ने कामहरु हुन्छन् ।

६.उपभोक्ताको चेतना स्तरले समितिलाइ कत्तिको असर पार्ने रहेछ ?
– एकदम राम्रो प्रश्न गर्नुभयो । सामुदायिक वन संरक्षणमा मुख्य चुनौती भनेकै उपभोक्ताको चेतना स्तर नै हो । मैले अघिपनी भने सामुदायिक वनको संरक्षक र उपभोक्ता दुवै त्यहीँका स्थानीयहरु हुन् । सामुदायिक वनको संरक्षण हुनका लागि समिति मात्र जिम्वेवार रहदैन । उपभोक्ताहरुको विशेष जिम्वेवारी हुन्छ । वनमा वृक्षारोपण गर्ने काम समितिले पहल गर्न सक्ला तर रोपिएका विरुवालाई जोगाउने काम उपभोक्ताकै हो । उपभोक्ताहरुले त्यो कुरा वुज्न नसक्दा विरुवालाइनै घाँसको रुपमा काट्ने समितिको आँखा छलेर विरुवा भाच्ने, निषेध गरिएको स्थानमा प्रबेश गर्ने, वनको घेरावेरा लुकिछिपी भत्काउने र चौँपायहरु पसाउने जस्ता गतिविधि उपभोक्ताले गरिदिदा वन विनास हुदै जान्छ । लगाएका विरुवाहरु हुर्कन पाउँदैनन् । हाम्रो सामुदायिक वनका उपभोक्तहरु किसानहरु नै छन् । उनीहरुलाई दाउरा, घाँस सधैँ आवश्यक पर्दछ । तर उपभोक्ताले आफ्नो आवश्यकता पूर्तीमात्र गर्ने हैन वन संरक्षण पनि गर्नुपर्दछ भन्ने कुरा वुज्न सकिरहेका छैनन् । बुझेपनी व्यवहारगत देखिन सकिरहेको छैन । जसले गर्दा वन संरक्षणमा विशेष समस्या बनिरहेको छ ।

७.वन समितिले वन संरक्षणका अलावा अन्य केही गतिविधि गर्ने गरेको छ ?
– समुदाय र वन एक अर्कामा पारस्पारिक सम्वन्ध राख्ने विषय हुन् । समुदायमा वनले सक्ने सहयोग गरिरहेको छ भने वनले पनि समुदायको भौतिक, वैद्धिक सहयोग लिइरहेको छ । हामीले विपन्न वर्गका परिवारलाई ग्यास चुह्लो वितरण गरेका छौँ । जसले दाउराको प्रयोगमा कमी ल्याइ वन संरक्षणमा सहयोग पु¥याउने लक्ष्य राखिएको छ । त्यसैगरी विद्यालयलाई सहयोग, विपन्न विद्यार्थीलाई छात्रवृत्ती, फुटवल खेलाडीहरुलाई फुटवल सहयोग जस्ता सामान्य प्रकृतिका सहयोग वन समितिले समुदायमा गर्दै आएको छ ।

८.वन समितिको आम्दानी बढाउन समितिले के–कस्ता काम गर्दैछ ?
– अहिलेलाई देखाउन यही भन्ने परिणाममुखी काम हुन सकेको छैन । तर वनको सम्भाव्यताका आधारमा वनको आय आर्जनको वाटो बनाउन के गर्ने भन्नेमा हामी पनि छलफलमा छौँ । वन भित्र पोखरी खनाउने हाम्रो विचार छ । तर त्यसकालागि आर्थिक व्यवस्थापन मुख्य कुरा हो । आर्थिक व्यवस्थापन हुन सके पोखरी खनाएर माछा पालन गर्ने हाम्रो निष्कर्श रहेको छ ।

११.हजुरको महत्वपूर्ण समयका लागि धन्यवाद् ।
– सामुदायिक वनका कुरा राख्ने मौका दिनुभयो, धन्यवाद् !



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved