इन्डोनेसियामा भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या १ हजार ५ सय नाग्यो

  • प्रकाशित मितिः आश्विन, 20, 2075
  • पहिलो किताब संवाददाता

इन्डोनेसिया / इन्डोनेसियामा गत साता गएको शक्तिशाली भूकम्प र त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेको संखया १ हजार ५ सय ७१ पुगेको छ।

भूकम्पलगत्तै आएको सुनामीमा परी ज्यान गुमाउनेको संख्या एक हजार ५ सय ७१ पुगेको राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोले शनिबार बताएको हो।

इन्डोनेसियाको सुलावेसी द्वीपको पालु शहरका एक हजारभन्दा बढी घर सुनामीका कारण डुबानमा परेको खोजी तथा उद्धार निकायका प्रवक्ता युसुफ लतिफले जानकारी दिए।

भूकम्पमा फसेका व्यक्तिको जीवितै उद्धार गर्ने सम्भावना अब कम हुँदै गएको मानवीय सहायतामा जुटेको संयुक्त राष्ट्रसङ्घको भनाइ छ। इन्डोनेसियाको तटीय शहर पालुमा गत शुक्रबार ७ दशमलब ५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको थियो।

भूकम्पबाट तटीय शहर पालु सबैभन्दा बढी प्रभावित भएको छ। यस भूकम्पका कारण करिब दुई लाख व्यक्तिलाई मानवीय सहयोग आवश्यक परेको र त्यसमा हजारौँ बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved