हइटीमा शक्तिशाली भूकम्प, १० जनाको मृत्यु

  • प्रकाशित मितिः आश्विन, 21, 2075
  • पहिलो किताब संवाददाता

बीबीसी / क्यारिबियन मुलुक हइटीमा भूकम्प जाँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार ५.९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ ।

दुई लाखभन्दा बढी मानिसहरूको ज्यान जाने गरी सन् २०१० मा हइटीमा गएको भूकम्पपछिको यो शक्तिशाली भएको बताइएको छ ।

कैयौँ भवनमा क्षति पुगेको विवरण प्राप्त भएका छन्। राष्ट्रपति जोभ्नेल मोइसले मानिसहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

सरकारका प्रवक्ता एड्डी ज्याक्सन एलेक्सिसले विपद्को अवस्थासँग जुझ्न एउटा कार्यदल गठन गरिएको बताएका छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार पोर(ड)पे शहरदेखि करिब १९ किलोमिटर उत्तर(पश्चिममा केन्द्रविन्दु बनाइ शनिवार अबरे राति भूकम्प गएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved