सेक्सुअल ह्यारेस्मेन्टको आरोप लागेका नाना पाटेकरले भने : 'यो सब झुट हो'

  • प्रकाशित मितिः आश्विन, 21, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / फिल्म अभिनेत्री तनुश्री दत्ताले अभिनेता नाना पाटेकरमाथि लगाएको 'सेक्सुअल ह्यारेस्मेन्ट' को आरोपपछि बलिउडमा ठूलो बहसको जन्म भएको छ ।

तनुश्रीको आरोपमा नानाले पटक-पटक पहिला पनि प्रेस कन्‍फ्रेन्समा आफ्नो कुरा बताइसकेका छन् । फेरि एकपटक उनले तनुश्रीको आरोपलाई झुट भनेका छन् ।

नानाले भने, 'जुन झुट हो, त्यो झुट नै हो । अहिले म ज्यासलमेरमा एक फिल्मको छायांकन गरिरहेको छु । ७ वा ८ अक्टोबरमा म मुम्बई फर्किनेछु र हरेक एक सवालको प्रश्न दिनेछु र वास्तविकता मिडियालाई बताउनेछु ।' नानाले आफ्नो चरित्र साबित गर्न आवश्यक नभएको पनि बताएका छन् ।

तनुश्रीले नाना पाटेकरमाथि छायांकनको बेला गलत व्यबहार र यौन उत्पीडनको आरोप लगाएकी छन् । उनले २००८ मा एक फिल्मको छायांकनको क्रममा नानामाथि आफूसँग जबर्जस्तीको कोशिश गरेको आरोप लगाएकी छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved