राजपालाई प्रधानमन्त्रीले भने – संविधान संशोधनका विषयमा गम्भीर छु

  • प्रकाशित मितिः आश्विन, 23, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका विषया आफू गम्भीर रहेको बताएका छन्।

मंगलबार राष्ट्रिय जनता पार्टी (राजपा)को ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भने, ‘संविधान संशोधनका विषयमा म गम्भीर छु। यस सम्बन्धमा थप छलफल गरी तपाईंहरुलाई आगामी २७/२८ गतेतिर पुनः बोलाउँछु।’

संविधान संशोधन गर्ने सहमतिमा सरकारको समर्थन गरेपनि सरकार सो विषयमा गम्भीर नदेखिएको भन्दै राजपाले प्रधानमन्त्रीसामू ज्ञापनपत्र बुझाएको हो। आजै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत पनि सो दलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो।

सो क्रममा राजपाले सरकारले आफ्नो शैलीमा परिवर्तन नल्याए सरकारको समर्थनका विषयमा सोच्न बाध्य हुने प्रष्टसँग राखेको राजपा अध्यक्ष मण्डलका नेता महेन्द्र राय यादवले बताए। ‘हामीले प्रधानमन्त्रीज्यूलाई यसअघि भएका सहमति र त्यसको कार्यान्वयनका सम्बन्धमा सरकारबाट गम्भीरता नदेखाइएको विषयमा आफ्ना कुरा राख्यौं। उहाँले थप छलफलका लागि बोलाउने आश्वासन दिनुभएको छ।’,उनले थपे, ‘यदि छठसम्म पनि सरकारको शैली यस्तै रहेमा सरकारलाई दिइएको समर्थनका विषयमा सोच्न बाध्य हुनेसमेत प्रष्ट पारेका छौं।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved