काठमाण्डौ / वामदेव गौतमलाई उप–निर्वाचन गराई सदनमा लागे नेकपाका नेताहरुको प्रयास सफल हुने भएको छ । वामदेवका लागि स्थान खुलाउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा काठमाडौं–७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले पदबाट राजीनामा दिएपछि वामदेवको सदन जाने वाटो खुलेको हो ।
मंगलबार काठमाडौंको विजुली बजारमा पत्रकार सम्मेलन गरी रामवीरले संसद सदस्य पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । उनले भने ‘पार्टीले भने बमोजिम मैले राजीनामा दिएको हुँ।’
वामदेव गौतमले तत्कालीन एमाले–माओवादी केन्द्रको गठबन्धन र पार्टी व्यवस्थापनमा प्रभावकारी भूमिका खेलेकाले उनको उपस्थिति सदनका लागि आवश्यक रहेको वताएका छन् । कम्युनिष्ट पार्टीको स्थिर सरकार रहेको र वामदेवले कम्युनिष्ट पार्टीको चुस्त व्यवस्थापनमा भुमिका खेल्ने भएकाले सदनमा आवश्यक रहेको उनले दावी समेत गरेका छन् ।
उनले प्रचण्डलाई राजीनामाको स्वीकृति पत्र बुझाएको समेत पत्रकार सम्मेलनमा जानकारी गराए । ‘प्रचण्डजीलाई स्वीकृति पत्र दिएको छु। भोलिको सचिवालय बैठकले निर्णय गर्छ र त्यसपछि सभामुखलाई राजीनामा बुझाउँछु।’ संसदीय निर्वाचनमा काठमाडौं ७ मा नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए। कांग्रेसको समेत समर्थनमा उमेद्धार बनेका राप्रपाका विक्रम थापाले १० हजार ७९ मत ल्याएका थिए ।
नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्। प्रतिनिधिसभा छाडे बापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको राजनितिक वृत्तमा चर्चा चलेको छ ।
विराटनगर / हत्या गरेको आरोपमा मोरङ प्रहरीले एक जना... ... ...
काभ्रे / काभ्रे जिल्लाको तेमाल गाउँपालिकाको अध्... ... ...
ओखलढुंगा / ओखलढुंगामा करेण्ट लागेर विद्युत प्रध... ... ...
विराटनगर / बंगलादेशबाट आवश्यकता भन्दा बढी जुस न... ... ...
विराटनगर / विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर... ... ...
Copyright © 2017 - Pahilokitaab.com All rights reserved