आजको राशिफल

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै रोकिएका काम सम्पादन गर्न सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यावहारिक समस्याले केही योजना स्थगन हुने देखिन्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। ढिलै भए पनि मिहिनेतको नतिजा प्राप्त हुनेछ । कामको चाप बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा प्रगति हुनेछ। फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि मिहिनेत गर्दा सफलता मिल्नेछ। घरमा लक्ष्मी भित्र्याउन सफल भइनेछ। आजको लाभांश पछिसम्म स्थिर रहने हुँदा दिगो फाइदा हुनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। साझेदारीमा भने अरूको फाइदाका लागि उपयोग भइएला।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत(साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। रोकिएका काम पनि सम्पादन हुनेछन्।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ भने लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ। शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल(अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई धेरै लाभ नभए पनि सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
न्यून उपलब्धिमा चित्त बुझाउन नसकिएला। प्रतीक्षित नतिजा प्राप्त गर्न काम दोहोर्याउनुपर्ने हुनसक्छ। केही विवादास्पद जिम्मेवारी पनि वहन गर्नुपर्ला। घरेलु समस्यामा अल्झनुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। शुभचिन्तकहरूको साथले कर्मयोग बलियो रहनेछ। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्नुहोला।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved