रुट परमिटबिनै सार्वजनिक सवारी साधन सबै ठाउँ जान पाउने

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / दसैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ। अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन्।

दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए।

यसअघि सार्वजनिक सवारीसाधनले रुटपरमिट अर्थात् इजाजत पत्रअनुसार तोकिएको रुटमा मात्र चल्न पाउँथे। प्रवक्ता उपाध्यायले भने, ‘आजदेखि असोज ३१ गतेसम्म रुटपरमिट लागू हुने छैन, सार्वजनिक सवारी साधनले जहाँसुकै जान पाउने छन्।’

यस्तै विभागले यो अवधि ९असोज २४ देखि ३१ गतेसम्म० भित्र मालबाहक ठूला सवारीसाधनलाई काठमाडौं भित्रिन नदिने निर्णय गरेको छ।

दसैंका बेला यस्ता सवारीसाधन सञ्चालन गर्दा यात्रुबाहक गाडीलाई समस्या पर्ने भएकाले यस्तो निर्णय गरिएको विभागले जनाएको छ। आजदेखि असोज ३१ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म मालबाहक ठूला गाडीलाई चल्न नदिने निर्णय भएको हो।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved