केन्यामा बस दुर्घटना, ४२ जनाको मृत्यु

  • प्रकाशित मितिः आश्विन, 24, 2075
  • पहिलो किताब संवाददाता

एजेन्सी / अफ्रिकी मूलुक केन्यामा बस दुर्घटना हुँदा ४२ जनाभन्दा बढीको मृत्यु भएको छ। केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै बस दुर्घटना भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए।

अधिकारीहरुका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो। बसमा ५२ जना यात्रु थिए।

बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved