खुर्सीद हत्या प्रकरण : अहिले केही बोल्न मिल्दैन-प्रहरी

  • प्रकाशित मितिः आश्विन, 25, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुनसरीका खुर्सीद आलम हत्या भएको १ महिना पूरा हुन लागिसकेको छ। असोज ४ गते विद्यालयको छलफल सकेर घर फर्केने क्रममा आलमको हत्या भएको थियो।

सुनसरीको हरीनगरा गाउँपालिकास्थित भुटाहा बजारमा मध्यान्हको समयमा आलमको हत्या भएको थियो। हत्या लगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अपराधीको खोजीकार्य तीव्र पारेको बताएको थियो। भारतको सरकारी पक्षबाट नै खुर्सीदको हत्या भएको अनुमान गरिँदै आएको छ।

हत्याकाण्ड अझैसम्म रहस्य मै केन्द्रीत भएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र नेपाल प्रहरीले छुट्टाछुट्टै समिति गठन गरेर अनुसन्धान गरिरहेको भएपनि अपराधी अझैसम्म पनि फेला पर्न सकेको छैन ।

अनुसन्धान प्रक्रिया चलिहरकोले हतारमा अहिल्यै केही भन्न मिल्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख राजन अधिकारीले बताए । ‘नेपाल प्रहरी र अनुसन्धान ब्युरोको विशेष टोलीले आ–आफ्नो तरिकाले अनुसन्धान भइरहेकोले अपराधी पत्ता लाग्नेछ। तर अहिल्यै केही भन्न मिल्ने अवस्था छैन’ उनले भने।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved