अभिभावक पायो प्रहरी दिवसले

  • प्रकाशित मितिः आश्विन, 26, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / यस वर्षको ६३ औं प्रहरी दिवश–२०७५ ले केन्द्रीय प्रहरी कार्यालयको झल्को दिएका छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा आयोजित दिवसमा मुख्यमन्त्री र आन्तरिक मामिला तथा कानुन मन्त्रीको उपस्थितिसँगै कार्यक्रमको रौनकनै फेरिएको छ ।

केन्द्रीय प्रहरी कार्यालय बाहेक अन्य प्रहरी कार्यालयको प्रहरी दिवश सामान्य जस्तै बन्ने गरेको थियो । तर, यो वर्ष प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रहरी दिवसको झल्को केन्द्रीय कार्यालयको झैं दिन सफल मानिएको छ ।

देश संघीय संरचनामा गएको झल्को दिने गरि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको उपस्थितिमा प्रदेश १ प्रहरी कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा प्रदेश प्रहरी तालीम केन्द्रको हातामा रहेको अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरिएको थियो । मुख्यमन्त्री राईले १ नम्बर प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुलाई आफ्नो जग्गाप्रदान गर्नुहुने दाताहरु, कर्तव्यनिष्ठ प्रहरी, प्रहरी गतिविधिमा संलग्न भई उत्कृष्ट भएका विद्यार्थीलाई सम्मानित तथा पुरस्कृत गर्नु भएको थियो ।

कार्यक्रम हेर्दा संघीयताको अभ्यासमा प्रहरी संरचना गईसके जस्तो देखिएपनि प्रदेश सरकारको मातहतमा प्रहरी ल्याउने कानुन बनेको छैन । संघीय सरकारको मातहतमै रहने प्रहरीका प्रदेश संरचनामा भने सरकारको उपस्थितिलाई अति महत्वपूर्ण र सम्मानित बनाइएको थियो ।

कार्यक्रममा साधनादेवी प्रहरी पराक्रम पुरस्कारबाट प्रहरी निरीक्षक लेखनाथ दाहाल र प्रहरी सहायक निरीक्षक दुर्गा पोमु लिम्बु पुरस्कृत हुनु भएको थियो । पुरस्कारका संस्थापक प्रा. डा. विक्रम प्रसाद श्रेष्ठले नगद ९० हजार राशीको पुरस्कार दुईजनामा समर्पण गर्नु भएको हो ।

प्रहरी दिवसका अन्य सन्दर्भमा समेत मुख्यमन्त्रीलाई सहभागि गराइएसँगै संघीय संरचनामा गएको देशको प्रदेश प्रहरीले सरकारको नेतृत्व गरिरहेका व्यक्तिको अभिभावकत्व पाएको देखिन्थ्यो ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved