एक महिनामा विदेसिए ४१ हजार युवा

  • प्रकाशित मितिः फाल्गुन, 6, 2075
  • पहिलो किताब संवाददाता

काठमाडौं / वैदेशिक रोजगारीका लागी गएको माघ महिनामा मात्र ४१ हजार पाँच सय युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार माघ महिानमा मात्रै ४१ हजार ५ सय ६० युवा रोजगारीका लागि विदेसिएका हुन्।

विभागका अनुसार माघ महिनामा मात्रै नयाँ कामका लागि अन्तिम श्रम स्वीकृति लिँदै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १६ हजार ४ सय ६० रहेको छ। यो संख्या २०७४ को माघ महिनाको तुलनामा झन्डै ५० प्रतिशतले कम हो। सरकारले मलेसिया कामदार पठाउन प्रतिबन्ध लगाएसँगै नयाँ कामको लागि वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा कमी आएको विभागको भनाइ छ।

यसैगरी माघ महिनामा मात्रै २३ हजार ७ युवा बिदामा घर आई पुनः रोजगारीकै लागि विदेश फिर्ता भएका छन्। यो संख्या २०७४ माघको तुलनामा खासै परिर्वतन भएको देखिँदैन।तर, नयाँ कामका लागि रोजगारीका जाने कामदारको संख्यामा पुनः जाने कामदारको संख्या भन्दा बढी हो।

यसैगरी व्यक्तिगत भिसामा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७ सय ३३ रहेको छ भने विभिन्न माध्यममा विदेश पुगी वैधानिक हुने युवाको संख्या भने १ हजार ३ सय ६० रहेको छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved