कोरिया भाषा परीक्षाका लागि मिति र केन्द्र तोकियो

  • प्रकाशित मितिः जेठ, 8, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाका लागि भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ । यही २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोेकेको छ ।

यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौँ जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ । शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले अघिल्लो वर्षभन्दा यो वर्ष परीक्षार्थीको सङ्ख्या बढी भएकाले यस पटक चारवटा परीक्षा केन्द्र थप गरिएको जानकारी दिए ।

सो शाखाका अनुसार ९२ हजार ३७६ जना युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । शाखाका अनुसार सबैभन्दा बढी उत्पादनतर्फ ६३ हजार ४८७ जनाको आवेदन भरेको छ भने कृषितर्फ २८ हजार ८८६ जनाको आवेदन भरेको छ । आवेदन दिनेमध्ये ७७ हजार ३९३ पुरुष र १४ हजार ९८३ महिला रहेका छन् । यो पटक आवेदन दिनेको सङ्ख्या गत वर्षभन्दा १० हजार ११२ जनाले बढी हो ।

दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) का अनुसार सन् २०२० मा १० हजार ५० जना नेपालीलाई रोजगारका लागि दक्षिण कोरिया लग्ने भएको छ ।ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म अनलाइन आवेदन दिएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved