वैदेशिक रोजगारीको क्रम बढेपछि घरायसी काममा समस्या

  • प्रकाशित मितिः जेठ, 22, 2076
  • पहिलो किताब संवाददाता

सिरहा / युवा रोजगारीको खोजीमा खाडी मुलुक छिर्ने क्रम बढेपछि सिरहामा घरायसी काम तथा खेतीपाती लगाउन र भित्र्याउन समस्या हुन थालेको छ। घरमा युवा नहुँदा बूढापाकाले सास्ती भोग्न थालेका छन्। सरकारले युवा लक्षित विभिन्न सीपमूलक काम सञ्चालन गरे पनि सीप सिकेका युवा त्यही प्रमाणपत्र लिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ।

गाउँमा युवा नभएपछि दक्ष जनशक्तिको अभाव हुनुका साथै पारिवारिक काममा समेत समस्या उत्पन्न भएको छ। भदैयाका विष्णुदेव चौधरीले भने, “स्वदेशमै कुनै अवसर उपलब्ध गराउन सके बेलाबखत भए पनि युवा गाउँमा आउँथे, अनि थोरबहुत सहयोग पुग्ने थियो। विदेशिएपछि वर्षौसम्म आउँदैनन्, अनि समस्या झन् थपिँदै जाँदोरहेछ।”

गाउँका युवा विदेश पलायन हुँदै गएपछि अहिले विवाह, व्रतबन्ध तथा मर्दापर्दा लास बोकेर आर्यघाटसम्म पु¥याउनसमेत कठिन हुने गरेको लहानस्थित जेएस मुररका बहुमुखी क्याम्पसका स्ववियु सभपति अशोककुमार चौधरीले बताए। गाउँमा पर्याप्त युवा जनशक्ति नभएपछि समाजमा मर्दापर्दाको समयमा गाउँमा भएका दुई–चार युवाले मात्र काम गर्ने गरेको उनले बताए।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved