भारत हुँदै तेस्रो मुलुक जान अब नो अब्जेक्सन लेटर बुझाउनुपर्ने

  • प्रकाशित मितिः असार, 9, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / छिमेकी मुलुक भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले अतिरिक्त कागजपत्र पनि बुझाउनुपर्ने भएको छ। भारतीय अध्यागमन पार गर्नका लागि दिल्लीस्थित नेपाली दूतावासको सिफारिसपत्र अनिवार्य गरिएको छ। भारतीय अध्यागमन हुँदै साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, ओमान, बहराइन, इराक, लिबिया र लेबनान जाने नेपालीका लागि नो अब्जेक्सन सर्टिफिकेट अनिवार्य गरिएको दूतावासले जनाएको छ।

एनओसी लिन भारत हुँदै यी मुलुक जानुपर्ने कारणसहित सम्बन्धित व्यक्तिको हस्ताक्षर भएको निवेदनपत्र, यात्रा गर्ने व्यक्तिको राहदानी र राहदानीको प्रतिलिपि, गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि बुझाउनुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved