कर्मचारीसँग रकम फिर्ता लिदैं नोबेल

  • प्रकाशित मितिः असार, 23, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर /  नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पताल विराटनगरका तीन जना कर्मचारीसँग अस्पताल प्रशासनले रकम फिर्ता लिन थालेको छ । अस्पताल भित्रका तीन कर्मचारीले १० करोड रुपिँया अपचलन गरेको भनिएको घटनासँग जोडिएका उनीहरुसँग जायजेथाबाट असुल गर्ने सहमतिसहित प्रशासन रकम लिने काममा सक्रिय भएको हो ।

आन्तरिक छानविनका क्रममा आईटीका टिकेन्द्र श्रेष्ठ, काउन्टर (एमआरटी)का रन्जु न्यौपाने र पर्शुराम राजबंशीको मिलेमतोमा रकम घोटाला भएको देखिएको थियो । अस्पतालले तीनैजना कर्मचारीसँग निरन्तर सोधपुछ र निगरानीमा राखेर रकम फिर्ता लिने प्रक्रिया अगाडी बढाएको हो ।

अस्पताल प्रशासनले सुरुका दिनमा संलग्न कर्मचारीलाई धेरै दवाव सिर्जना गरेपनि पछिल्लो समय उनीहरुबीच लेनदेनको सहमति भईसकेको बुझिएको छ । घटनामा जोडिएका मध्येका टिकेन्द्र श्रेष्ठले केहि प्राविधिक कारणले देखिएको समस्या हल हुँदै गएको र अस्पतालले आफूहरुलाई कुनै दुव्र्यवहार नगरेको बताएका छन् ।

सुरुमा प्रहरीमार्फत घटनाको छानविन गराउने तयारीसम्म पुगेको नोबेल अस्पताल प्रशासनले पछि आफैं छानविन र सोधपुछ गरेको थियो । त्यसको भित्री कारण भने राजश्वको विषयमा प्रशासनलाई जानकारी हुनसक्ने बुझेपछि आफैं गरिएको बुझिएको छ । नोबेलले प्रयोग गर्दै आएको सर्भर समेत आन्तरिक राजश्व वा अन्य कुनै निकायमा दर्ता नगरि चलाउने गरिएको छ । राजश्व छलेको विषय बाहिर आउने भएपछि ठूलो आर्थिक हिनामिना समेत भित्रभित्रै मिलाउन लागिएको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved