‘कराेडाैंकाे भ्रष्टाचार गर्ने योजना तत्कालै बन्ने तर विषादी परीक्षण गर्ने स्थल छैन भन्न मिल्छ?’

  • प्रकाशित मितिः असार, 24, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नेता तथा सचेतक पुष्पा भुसालले राज्यले गोली हान्ने र विष खुवाएर जनताको स्वास्थ्यमा हानि पुर्‍याउने काम गरेको आरोप लगाउनुभएको छ । मंगलबार संसद बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै विषादीयुक्त तरकारी र फलफूल परीक्षण नगर्ने निर्णय र गैरन्यायिक भएको बताउनुभएको हो ।

त्यसको जवाफ सम्वन्धित मन्त्रालयका दुई मन्त्रीले दिनुपर्ने माग समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्यले सुरक्षा माग्दा गोली हानी हत्या गरियो। राज्यले यस्तो अधिकार कसले दियोरु जनतालाई सरकार किन माया गर्दैनरु विषादीयुक्त तरकारी र फलफूल खान किन बाध्य गर्दछ ?’

उहाँले ‘मन्द विषपान गराएर जनसंख्या घटाउने लक्ष्यमा सरकार लागेको हो?’ भनेर समेत प्रश्न गर्नुभयाे । उहाँले प्रधानमन्त्री झुट नमिल्ने पनि बताउनुभयाे । ‘विदेश नियोगबाट आएको पत्र प्रधानमन्त्रीलाई थाहा हुँदैन?, प्रधानमन्त्रीले सफेद झुट बोल्न मिल्छ? कसको पत्र, कहाँवाट भनेर प्रश्न गर्न मिल्छ?’ उहाँले भन्नुभयाे ।

उहाँले विषादी परीक्षण गर्ने स्थल छैन भन्न नमिल्ने पनि बताउनुभयाे । उहाँले भन्नुभयाे-‘देशको ढुकुटीमा भ्रष्टाचार गर्ने करोडौंका योजना तत्कालै बन्ने तर विषादी परीक्षण गर्ने स्थल छैन भन्न मिल्छ? ’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved