यू–१९ एसिया कप छनोट : हङकङमाथि नेपालको शानदार जित, एसिया कप खेल्ने पक्का

  • प्रकाशित मितिः असार, 24, 2076
  • पहिलो किताब संवाददाता

इटहरी / यू–१९ एसिया कप छनोट अन्तर्गत फाइनल खेलमा नेपालले हङकङमाथि शानदार जित हात पारेको छ । मलेसियाको किनारारा ओभल मैदान मंगलबार सम्पन्न फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधिमाथि कब्जा जमायो । यो जित संगैे नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ ।

हङकङले दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपालले सुरुवातमा उत्कृष्ट प्रर्दशन गरेको थियो । लञ्ज अघि ५ ओभरमा ४४ रन बनाएको नेपालले ५२ रन बनाउँदा ऋत गौतमलाई गुमायो । उनी १३ रनमा आउट भए ।

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोडे ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न सकेनन् ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए । कमल सिंह ऐरीले ३ विकेट लिएका छन् ।

विजेता नेपालले अब अगष्ट २८ देखि सेप्टेम्बर ८ सम्म  श्रीलंकामा हुने एसिसी यू–१९ एसिया कप खेल्नेछ। एसिया कपमा आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई र कुवेत लगायतका देशको सहभागिता हुनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved