जनस्वास्थ्य प्रमुखसहित ४ जना घुस लिँदा लिँदै पक्राउ

  • प्रकाशित मितिः श्रावण, 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं । म्याग्दीका जनस्वास्थ्य निमित्त प्रमुखसहित ४ जना घुससहित रंगेहात पक्राउ परेका छन् । पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई १ लाख ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख भीम प्रसाद आचार्य, स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा र हलुका सवारी चालक भवदत्त जैसी छन्।

कार्यालयबाट सञ्चालित विभिन्न कार्यक्रमवापतको पेश्की फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई कार्यालय हाताबाटै आइतबार पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिएका ४ जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। अनुसन्धानपछि उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरिनेछ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved