मालपोतमा राम्रा कर्मचारी टिकाउनै नसकेको मन्त्री अर्यालको गुनासो

  • प्रकाशित मितिः श्रावण, 13, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौँ / भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मालपोतमा राम्रा कर्मचारी पठाउन र टिकाउन गाह्रो परेको बताएकी छन् । घुस खाने अड्डाका रुपमा परिचय कमाएको मालपोतमा राम्रा कर्मचारी आउनै नमान्ने गरेको उनको भनाई छ ।

काठमाडौँको साँखुमा सुविधायुक्त मालपोत कार्यालयको उद्घाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । ‘राम्रा कर्मचारी मालपोतमा आउनै मान्दैनन्, भएकालाई पनि टिकाउनै गाह्रो छ, भ्रष्टाचार अति भयो यसलाई रोक्न जरुरी छ’, उनले भनिन् ।

मन्त्री अर्यालले मालपोतमा भ्रष्टाचार बढ्नुमा कर्मचारी सँगसँगै सेवाग्राहीको पनि उत्तिकै दोष नरहेको बताइन् । ‘सेवाग्राहीले म एक घण्टा कुरेर सेवा लिन्छु भन्ने हो भने मालपोतमा भ्रष्टाचार शून्यमा झर्छ,’ अर्यालले भनिन्, ‘ भ्रष्टाचार अन्त्यका लागि सबैले नैतिकवान बन्नु पर्यो ।’

मन्त्री अर्यालले सरकारले देशभरका मालपोत कार्यालयलाई प्रधिधिमैत्री बनाउने तयारीमा सरकार रहेको बताइन् । ‘देशभरका ६२ वटा मालपोत कार्यालयका २ करोड ३८ लाख श्रेष्तालाई डिजिटल गर्ने क्रम चलिरहेको छ । अब कागजी युगको छिट्टै अन्त्य हुन्छ’, उनले भनिन् ।

कार्यक्रममा शंकरापुरका मेयर सुवर्ण श्रेष्ठले मालपोत कार्यालय स्थानीय तह अन्तर्गत पर्ने भए पनि संघीय सरकारले आफू मातहत राखेर संघीयता विरोधी काम गरेको आरोप लगाएका थिए ।

जवाफमा मन्त्री अर्यालले मालपोतलाई व्यवस्थित पार्ने काम भइरहेकोले त्यसपछि स्थानीय तहलाई नै हस्तान्तरण गर्ने भएकोले नआत्तित आग्रह गरिन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved