सङ्घीयता कुनै गुडिया होइन : जनार्दन शर्मा

  • प्रकाशित मितिः श्रावण, 23, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरेका छन्। बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन हेलचेक्र्याईं गरिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग गठन नहुँदासम्म पीडितको आवाजलाई सम्वोधन गर्ने, सत्य तथ्य पत्ता लगाउने, न्याय निरुपण गर्ने र मुख्य त मेलमिलाप गर्ने कुरा अधुरो रहेको छ’ शर्माले भने । यसमा हेलचेक्र्याईं हुनु शान्ति प्रक्रिया र संविधानको भावना विपरीत हुने सांसद शर्माले बताए।

सत्य निरुपण आयोगका पदाधिकारी सिफारिस गर्न समिति बने पनि नाम सिफारिस नभएको भन्दै उनले तत्काल आयोग गठनको काम अगाडि बढाउन माग गरेका छन्।‘सुनेका छौं सिफारिस समिति बनेको छ। नाम सिफारिस भइरहेको छैन, आयोग गठन भइरहेको छैन यो आयोग गठन गरेर काम अगाडि बढाउन माग गर्दछु’ उनले भने ।

सांसद शर्माले संघीयता कमजोर पार्ने गरी विभिन्न अभिव्यक्तिहरु आइरहेको भन्दै संघीयता कार्यान्वयन इमान्दारीपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए। संघीय व्यवस्था विगतको आन्दोलनको उपलब्धी भन्दै उनले यसलाई गुडियाजस्तो व्यवहार नगर्न पनि सचेत गराए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved