अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरमा हस्तक्षेप गर्न पाकिस्तानका प्रधानमन्त्रीले गरे आग्रह

  • प्रकाशित मितिः श्रावण, 24, 2076
  • पहिलो किताब संवाददाता

इश्लामाबाद/ जम्मु काश्मीरलाई विशेष दर्जा दिने भारतीय संविधानको धारा ३७० को रद्ध गर्ने फैसलामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा प्रतिक्रिया जनाएका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले यो मामिलामा अन्तर्राष्ट्रिय समुदायलाई  हस्तक्षेप गर्न आग्रह गरेका छन् । 

पाकिस्तानका प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, “दुनियाले प्रतिक्षा गरिरहेको छ । भारतको कब्जामा भएको काश्मीरबाट कर्फयु हटोस् र थाहा होस् कि उत्पीडित काश्मीरीका बारेमा के भइरहेको छ  । के भाजपाको सरकारले भारी मात्रामा काश्मीरीको विरुद्ध सुरक्षा बल खटाएर आजादीको आन्दोलन रोकिन्छ ? यसबाट आन्दोलन अझ धेरै अगाडि बढ्नेछ ।”

उनले दोस्रो ट्विटमा अन्तर्राष्ट्रिय समुदायलाई  भारतद्वारा कब्जा गरिएको काश्मीरमा नरसंहारको साक्षी नबन्न आग्रह गरेका छन् । (बीबीसी)



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved