रक्सीको बोतलमा ५० वर्ष पुरानो चिठ्ठी भेटियो

  • प्रकाशित मितिः भदौ, 2, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / अमेरिकाको अलास्काका एक व्यक्तिले ५० वर्ष पुरानो पत्र फेला पारेका छन् । उनले दाउरा खोज्दै गर्दा एक रुसी व्यक्तिले लेखेको पत्र रक्सीको बोतलमा राखिएको अवस्थामा फेला पारेका हुन् ।

द नोम नगेट पत्रिकाका अनुसार अलास्काका टाइलर आइभनोफले रक्सीको बोतलमा बन्द गरेर राखिएको अवस्थामा रुसी भाषामा लेखिएको पत्र फेला पारेका हुन् । सो पत्र सन् १९६९ मा लेखिएको खुलेको छ । बोतलको बिर्को खोल्दा पुरानो रक्सीको गन्ध आएको र पत्र सुक्खा रहेको उनले बताए ।

आफ्नो घरबाट ३२ किलोमिटर पर दाउरा खोज्नका लागि गएको र सोही क्रममा पत्रसहितको बोतल भेट्टाएको टाइलरले बताएका छन् । उनले द नोम नगेट पत्रिकासँग भनेका छन्, ‘बोतलको बिर्को खोल्न निकै गाह्रो भयो, मैले दाँतको प्रयोग गरेर खोलेको हुँ ।

बोतलको भित्री माग ओभानो थियो । रक्सीको गन्ध आएको थियो । पत्र पनि आभानो थियो ।’टाइलरले रुसी भाषामा लेखिएको पत्र भेट्टाएपछि त्यसको अंग्रेजी अनुवादका लागि अपिल गर्दै समाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

अनुवादपछि थाहा भयो कि सो पत्र सन् १९६९ को जुन २० मा रुसी पानी जहाजमा रहेका रुसी समुद्री सैनिकले लेखेका थिए । रुसी सञ्चारमाध्यमले पत्र सम्बन्धी स्टोरी कभर गरे । रुसी सञ्चारमाध्यमले पत्रका लेखक क्याप्टेन एनातोली बोत्सानेन्कोको खोजी गरे ।

अहिले ८६ वर्षका एनातोलीलाई पत्रका बारेमा बताउँदा उनले आँसु रोक्न सकेनन् । उनले रुसी टेलिभिजन रोसिया वानसँग उनले भनेका छन्, ‘यो मेरो लेखाइ हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved