‘साहो’ ले दोस्रो दिन कमायो २ सय करोड

  • प्रकाशित मितिः भदौ, 16, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी/ कमजोर ‘वर्ड अफ माउथ’ को बावजूद पनि साउथ सुपरस्टार प्रभास अभिनीत ‘साहो’ ले बक्सअफिसमा रेकर्डतोड व्यापार गरिरहेको छ । पहिलो दिन नै फिल्मले चार भाषामा गरि १०४ करोडको व्यापार गरेको थियो । दोस्रो दिन पनि फिल्मले बक्सअफिसमा पैसाको वर्षात गरेको छ । ट्रेड पण्डितको अनुमान छ कि फिल्मले पहिलो हप्तामा नै कमाईको नयाँ रेकर्ड बनाउन सफल हुनेछ ।
 
यो फिल्मले हिन्दी भर्सनमा पहिलो दिन २४ करोड ४० लाखको व्यापार गरेको थियो । त्यस्तै, दोस्रो दिन शनिबार फिल्मको वर्ल्डवाइड कलेक्सन २०५ करोडभन्दा बढी रहेको ट्रेड एनालिस्ट रमेश बालाले ट्विटरमार्फत् जानकारी दिएका छन् । अर्का ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, दोस्रो दिन ‘साहो’ ले हिन्दी भर्सनमा पहिलो दिनभन्दा १ करोड २० लाख बढी अर्थात् २५ करोड २० लाखको व्यापार गरेको छ । 
 
 
हिन्दी भाषामा मात्र दुई दिनमा ५९ करोड ६० लाखको व्यापार गरेको प्रभास र श्रद्धा कपूर स्टारर फिल्म ‘साहो’  ले तेस्रो दिन (आइतबार) शुक्रबार र शनिबारको तुलानामा दोब्बर बढी व्यापार गर्ने अनुमान गरिएको छ । ‘बाहुबली’ को जबरजस्त सफलतापछि प्रभासलाई यो फिल्मबाट ठूलो अपेक्षा थियो । तर, समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया नमिल्दा उनी निकै निराश भएका छन् । 
 
भारतमा सर्वाधिक स्क्रिन पाएको ‘साहो’ को कथावस्तु निकै कमजोर छ । तर, मेकिङ उच्च छ । फिल्ममा प्रभास र श्रद्धासहित नील नितिन मुकेश, अरुण विजय, ज्याकी श्राफ, मन्दिरा बेदी, चंकी पाण्डे, महेश मान्जरेकर र मुरली शर्माले उम्दा अभिनय गरेका छन् । ३५० करोडमा निर्माण भएको फिल्मका निर्देशक सुजीत हुन् । कमजोर रिभ्यूका कारण फिल्म लामो रेसको घोडा बन्न नसक्ने देखिन्छ । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved