शिक्षामन्त्रीले दिए विद्यार्थीसँग वार्ता गर्न त्रिवि पदाधिकारीलाई निर्देशन

  • प्रकाशित मितिः भदौ, 16, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयका पदाधिकारीलाई विद्यार्थीसँग सम्वाद थाल्न शिक्षामन्त्री गिरिराजमणि पोखरेलले निर्देशन दिएका छन् ।

एमबीबीएसको प्रवेश परीक्षा शुल्कलगायतका विषयलाई लिएर विद्यार्थी संगठनहरुले त्रिवि, चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) र काठमाडौं विश्वविद्यालयमा ताला लगाएपछि मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । आईओएमले २१ भदौमा प्रवेश परीक्षा तोकेको छ ।

परीक्षा नै प्रभावित हुने अवस्था आएपछि सहकुलपतिसमेत रहेका शिक्षामन्त्री पोखरेलले त्रिवि पदाधिकारीहरु बोलाएर तत्काल वार्ता समिति बनाएर सम्वाद थाल्न निर्देशन दिएका छन् । उनले विद्यार्थी संगठनहरुको जायज माग सम्बोधन गर्न समेत भनेका छन्



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved