प्रधानमन्त्री ओलीलाई विश्राम लिन गगन थापाको आग्रह

  • प्रकाशित मितिः भदौ, 18, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री फेर्न आग्रह गरेका छन् । बुधबार संसदको विशेष समयमा सांसद थापाले स्वास्थ्यका कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम दिएर अर्को प्रधानमन्त्री बनाउन नेकपालाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले उपचारका लागि नियमित रुपमा विदेश जानुपर्ने हुँदा सरकार सञ्चालनमा सक्रिय हुन नसकेको भन्दै थापाले भने, ‘सत्तारूढ नेकपामा प्रधानमन्त्री हुन इच्छा राख्ने र पहिला पनि प्रधानमन्त्री भइसकेका नेताहरू भएका धेरै छन् । त्यसैले बिरामी भएका प्रधानमन्त्रीलाई पार्टीले विश्राम दिनुपर्छ । प्रधानमन्त्री फेर्नुपर्छ ।’

प्रधानमन्त्रीको स्वास्थ्य अवस्थबारे संसदलाई जानकारी गराउन माग गरेका थापाले प्रधानमन्त्रीको स्वास्थ्यबारे संसदलाई जानकारी नगराएइकोमा असन्तुष्टि जनाए । प्रधानमन्त्री ओली अहिले उपचारका लागि सिंगापुरमा छन् ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved