नेकपा ३ नं वडा कमिटीद्वारा स्वास्थ्य शिविर सञ्चालन

  • प्रकाशित मितिः भदौ, 19, 2076
  • पहिलो किताब संवाददाता

इटहरी/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इटहरी उपमहानगरपलिका ३ नम्बर वडा कमिटिले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ। तीन नम्बर वडा कमिटिले स्थानीय पुराण चौकमा बुधबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

स्वास्थ्य शिविरमा श्रीलंकाका तथा पूर्वको विशेषज्ञ होमियोप्याथिक डाक्टर र डेन्टल सर्जनबाट दाँत सम्बन्धि उपचार साथै किड्नी,ब्लडप्रेशर, युरिया, सुगर र युरिक एसिडको निशुल्क जाँच गराएको (नेकपा) नगर कमिटी सदस्य तथा वडा नम्बर ३का इन्चार्ज तुलाराम दंगालको भनाई छ ।

बिहान १० बजे देखि साँझ ४ बजे सम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ५७५जनाको स्वास्थ्य परिक्षण र बिभिन्न औषधी निशुल्क प्रदान  गरिएको इन्खा पोलिटेक्निकका डा.खगेन्द्र ओलीले बताए ।  स्वास्थ्य शिविरमा डा.अभिषेक शाह, डेन्टल सर्जन एपडि एस, यादेशा धनञ्जनी श्रीलंका, ज्योतिष राय, खगेन्द्र कटवाल,योगेन्द्र राय, ल्याव टेक्निसियन पूर्ण गुरुङले सेवा प्रदान गरेका थिए।

कार्यक्रममा नेकपा ३ नं वडा कमिटीका अध्यक्ष गोपाल तामाङले नगरको उत्तरी क्षेत्रमा पर्यटकीय स्थल तालतलैया भएपनि ग्रामिण बसोबास बढिरहेको यस क्षेत्रमा आर्थिक अभावकै कारण कयौँ मानिसहरु रोग पालेर उपचार र स्वास्थ्य सम्बन्धि अधिकारबाट समेत बञ्चित हुनपरेको अवस्थाको बोध गरि नेकपा वडा कमिटीले बिपन्न बर्ग लक्षित गरी यो कार्यक्रम सञ्चालन गरेको बताए । 








पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved