विहिबार सुनको मूल्यमा सामान्य गिरावट

  • प्रकाशित मितिः भदौ, 19, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं / लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज भने सामान्य गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु १०० ले घटेको छ ।

नेपाली बजारमा छापावाला सुनको मूल्य आज रु ७३ हजार ४०० कायम भएको महासंघले जनाएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ७३ हजार ५०० मा कारोवार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार १०० निर्धारण गरिएको महासंघले जनाएको छ । बुधबार तेजाबी सुन रु ७३ हजार २०० मा कारोवार भएको थियो । सुनको मूल्य सामान्य घटेपनि चाँदीको मूल्य भने यथावत रहेको छ । स्थानीय बजारमा आज चाँदीको मूल्य प्रतितोला रु ९४० मा कारोबार भइरहेको छ ।

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved