विद्यालयमै पुग्छ ‘भिजन भ्यान’

  • प्रकाशित मितिः भदौ, 20, 2076
  • पहिलो किताब संवाददाता

विराटनगर/ बालबालिकाको आँखामा रहेको समस्या पहिचान गरि उपचार पद्धती सहज बनाउन अब विद्यालयमै आँखा परीक्षण हुने भएको छ । विराटनगर आँखा अस्पतालले घुम्ती शिविरको रुपमा भिजन भ्यानमार्फत विद्यालयमा पुगेर बालबालिकाको आँखा परीक्षण गर्ने भएको हो ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गर्दै विराटनगर आँखा अस्पतालले ‘भिजन बस’ सेवा सुरु गरेको छ । विद्यालयसम्म पुग्ने बसमा आँखा परीक्षण, औषधि, चश्मा बनाउने उपकरण समेत रहेका छन् ।
बसभित्रै आँखा उपचार केन्द्र स्थापना गरेर विद्यालयमा चिकित्सकसहितको टोलिले बालबालिकाको आँखा परीक्षण गर्नेछ । त्यति मात्रै नभई आवश्यक पर्दा चश्मा र औषधी समेत उपलब्ध राउने पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रमका संयोजक सुधीर ठाकुरले जानकारी दिएका छन् ।
गत आइतबारदेखि शुभाम्भ गरिएको ‘भिजन बस’ उपचार सेवा अन्तर्गत एक हजार विद्यालयमा अध्ययनरत विद्यार्थीको आँखा परीक्षण गरिने लक्ष्य राखिएको छ । बसमा दृष्टि परीक्षण उपकरण, चश्मा तयार गर्ने उपकरण जडान गरिएको छ । सबै सामाग्रीसहित विद्यालयमा पुगेर बालबालिकाको आँखा परीक्षणपछि जटिल समस्याको उपचार र शल्याक्रिया अस्पतालमा गरिने छ ।
नेत्र ज्योति संघको पूर्वाञ्चल क्षेत्रीय आँखा उपचार कार्यक्रम अन्तर्गत विराटनगर र सुनसरी जिल्लामा यस अगाडी दुईंसय ५० विद्यालयमा अध्ययनरत एकलाख १ हजार बालबालिकाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६ प्रतिशत बालबालिका दुरदृष्टि दोष पाइएको डाक्टर संजय सिंहले जानकारी दिनुभयो ।
‘भिजन बस’ सेवा अन्तर्गत एक हजार विद्यालयका तीनलाख विद्यार्थीको आँखा परीक्षण गरिने संयोजक ठाकुरले दावी गर्नुभयो । यसका लागि ५ करोड ५० लाख रुपिँया लगानी गरिने भएको छ । यो कार्यक्रममा लागि अरबिसले ३ करोड र अस्पतालले २ करोड ५० लाख रुपिँया बेहोर्ने सम्झौता गरिएको छ । बालबालिकाका लागि छ हजार चश्मा निःशुल्क बितरण गरिने छ ।
विराटनगर आँखा अस्पताले गत आर्थिक वर्षमा ४ लाख १३ हजार ८५ जनाको आँखा जाँच गरेको थियो । जसमध्ये ६८ हजार ५९८ जनाको शल्याक्रिया गरेको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved