एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु

  • प्रकाशित मितिः भदौ, 21, 2076
  • पहिलो किताब संवाददाता

सिन्ह्वा । काममै कार्यारत्त रहेका बेलामा नै  एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको उद्घाटनका क्रममा यो जानकारी दिएका छन् । उनले सैनिक तथा गैह्रसैनिक कर्मचारीहरुले राष्ट्रसंघमार्फत् पुर्याएको योगदान कहिल्यै भूल्न नसकिने खालको रहेको बताए ।   

उनले भने, “हाम्रा सहकर्मीहरुलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्दछ । ” मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उनले आफुहरुले पनि असल सहकर्मी गुमाएको उल्लेख गरे ।  राष्ट्रसंघीय कर्मचारीहरुले संसारको सेवा गरेको र धेरै कुराको गुमाउनु परेको पनि महासचिव गुर्टेरेसले बताए । अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण कामहरु राष्ट्रसंघीय कर्मचारीहरुले गर्नु परेको पनि उनले कर्मचारी दिवसमा अवसरमा चर्चा गरे । 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved