हङकङका आन्दोलनकारीले ट्रम्प गुहारे

  • प्रकाशित मितिः भदौ, 22, 2076
  • पहिलो किताब संवाददाता

हङकङ/ हङकङमा आइतबार हजारौं प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीन शासित सहर हङकङलाई स्वतन्त्र बनाउन सहयोगको अपिल गरेका छन् । उनीहरुले आइतबारको प्रदर्शनमा अमेरिकाको झण्डा बोकेर अमेरिकी राष्ट्रपतिलाई सहयोगका लागि अपिल गरेका हुन् । 
हङकङमा गत जुनदेखि निरन्तर प्रदर्शन भइरहेको छ । चर्को गर्मीमा छातासहित उपस्थित हङकङका प्रदर्शनकारीहरुले प्रजातन्त्रको माग गरिएका प्लाकार्ड बोक्दै स्वतन्त्र बनाउन सहयोग गर्न आग्रह गरेका हुन् । 

उनीहरुले हङकङस्थित अमेरिकी कन्सुलेट कार्यालयअघि 'स्वतन्त्रताका लागि संघर्ष गर्न हङकङको पक्षमा उभिनूस्', 'बेइजिङको अधिनायक अस्वीकार, स्वतन्त्र हङकङ' लगायतका नारा लगाएका थिए । अमेरिकी रक्षा मन्त्री मार्क इस्पेरले शनिबार चीनलाई पूर्व बेलायती उपनिवेश रहेको हङकङका विषयमा संयम अपनाउन आग्रह गरेका थिए । हङकङ सन् १९९७ मा चीनलाई फिर्ता गरिएको थियो । 

अमेरिकी रक्षामन्त्री इस्पेरले पेरिसमा आयोजित एक कार्यक्रममा हङकङका प्रदर्शनकारीमाथि निरन्तर अश्रु ग्यास प्रहार गरेको बताएका थिए । हङकङ प्रहरी र प्रदर्शनकारीबीच शुक्रबार राति  बढी जनसंख्या भएको जिल्ला मोङकङमा झडप भएको थियो । गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई हङकङको मुद्दा 'मानवता' आधारमा समाधान गर्न आग्रह गरेका थिए । उनले हङकङको दंगा त्यहाँको आपसी मामिला भएकोले आपसमा समाधान गर्नसमेत आग्रह गरेका थिए । 

आइतबारको प्रदर्शन भने शान्तिपूर्ण भएको प्रहरीले बताएको छ । तर, प्रदर्शनकारीहरुले भने आफूमाथि दमन गरेको र पाँच वर्षअघिको 'अम्रेला' मुभमेन्टका नेता पुनः आइतबार विमानस्थलबाट पक्राउ परेका छन् । उनलाई अवैधानिक रुपमा प्रहरी हेडक्वाटर अघि सभा गरको अभियोग लगाइएको छ ।

प्रदर्शनमा उपस्थित एक उद्योगमा कार्यरत २६ वर्षीय चेरीले भने, "हामी अमेरिकी प्रशासनले हङकङमा भइरहेको मानवअधिकार विरोधी गतिविधि रोक्न सहयोग गरोस् भन्‍ने चाहन्छौं ।" चीनले भने हङकङमा कुनै बाह्य राष्ट्रको सहयोग र दया आवश्यक नभएको प्रतिक्रिया दिएको छ । चीनले आन्दोलनको निन्दा गर्नुका साथै अमेरिका र बेलायतले हङकङमा अस्थिरता बढाउन खोजिरहेको आरोप लगाएको छ । 

हङकङकी नेतृ क्यारी लामले बुधबार विवादित सुपुर्दगी विधेयक फिर्ताको घोषणा गरेकी थिन् । उनले उक्त विधेयक फिर्ता गर्दा आन्दोलन रोकिने अपेक्षा गरेकी थिइन् । तर, प्रदर्शनकारीहरुले भने विधेयक फिर्ता लिएर मात्रै समस्या समाधान नहुने भन्दै प्रजातन्त्रको माग गरेका छन् । अमेरिका-चीन जारी व्यापार युद्धको अन्त्य गर्न आगामी अक्टोबरमा बेइजिङको वार्ता टोली वासिङ्टन जाने सहमति भएको छ । 
रोयटर्स

 
 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved