रोटरीद्वारा विद्यार्थीलाई छात्रवृत्ति

  • प्रकाशित मितिः भदौ, 23, 2076
  • पहिलो किताब संवाददाता

मोरङ/ मोरङको जहदा गाउँपालिका–१ धुनिस्थित जनता बाल आधारभूत विद्यालयका विद्यार्थीलाई रोटरी क्लव अफ विराटनगर, टाउन डाउनले छात्रवृत्ति उपलब्ध गराएको छ ।
राष्ट्रिय शिक्षा तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा आइतबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि रोटरीले नौजना विद्यार्थीलाई छात्रवृति र तीनजना विद्यार्थीलाई शैक्षिक सामाग्री उपलब्ध गराएको हो ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकलाई व्यक्तिगत सरसफाई र हात धुने ज्ञान समेत दिइएको थियो ।
कार्यक्रममा २५ वर्षदेखि विद्यालयको गरिरहेका प्रध्यनाध्यापक विरेन्द्र मण्डललाई विशेष सम्मान गरिएको थियो । यसैगरी शिक्षक उमानाथ राजबंशीलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
जहदा गाउँपालिकाकै उत्कृष्ट विद्यालय जनतामा ३१५ जना विद्यार्थी अध्ययनरत रहेको प्रअ मण्डलले जानकारी दिएका छन् । अध्ययनरतमध्ये ७५ प्रतिशत विद्यार्थी सरबरिया जातिका छन् । तराईका सिमान्तकृत दलित समुदायका बालबालिकालाई साक्षर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रअ मण्डललाई सम्मान गरिएको रोटरीका अध्यक्ष अर्जना तापडियाले बताउनुभयो ।
कार्यक्रममा आमाको मृत्युपछि बाबुले समेत अर्कै श्रीमती लिएर हिंडेपछि बिचल्ली भएका तीन बालिकालाई समेत वर्षदिनभरी अध्ययनका लागि आवश्यक पर्ने शैक्षिक सामाग्री उपलब्ध गराइएको छ । जहदा–१ मा रहेको मावली घरमा बसेर विद्यालयमा अध्ययनरत रानु मुखिया, स्नेहा मुखिया र सुनेना मुखियालाई पोशाक, ब्याग, जुत्ता, स्टेशनगरी, साबुन, कपालमा लगाउने तेल, दन्तमन्जन, ब्रसलगायतका सामाग्री उपलब्ध गराइएको थियो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कैलाश मण्डलले अतिविपन्न परिवारका बालबालिका अध्ययन गर्ने विद्यालय गाउँपालिकमै उत्कृष्ट रहँदै आएको बताएका थिए । उनले रोटरीले विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएकोप्रति आभार व्यक्त गर्नु भएको थियो ।
रोटरीमा आवद्ध उद्योगी देवकिशन मुन्दडाले समाज केहि गर्न चाहने तर विपन्नताको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्नु रोटरीको कर्तव्य हुने बताउनु भएको थियो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved