साढे ९ अंकले घट्यो नेप्से

  • प्रकाशित मितिः भदौ, 23, 2076
  • पहिलो किताब संवाददाता

काठमाडौं/ साताको दोस्रो दिन नै पूँजीबजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले घटेको छ। आइतबार ९ दशमलव ५४ अंकले घटेर नेप्से १ हजार १ सय ६८ दशमलव ९१ अंकमा झरेको छ।

आइतबार १ सय ७३ वटा कम्पनीको १४ लाख २८ हजार ८ सय ३८ कित्ता सेयर ७ हजार ८ सय ३६ पटक किनबेच हुँदा २९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। 

उत्पादन समूहबाहेक अन्य सबै समूहको उपसूचक घटेको आइतबार उत्पादन समूहको उपसूचक भने ५ दशमलव ३९ अंकले बढेको छ।

 सबैभन्दा धेरै निर्जीवन बिमा कम्पनीको उपसूचक ६६ दशमलव शुन्य ४ अंकले घटेको छ।

 आइतबार सिभिल बैंक लिमिटेडको प्रमोटर सेयर ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

 त्यसैगरी सबैभन्दा धेरै कमाउनेमा आँधिखोला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव १८ प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा युनाईटेड इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ५ दशमलव ३१ प्रतिशतले गुमाएका छन्।

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved