सुनसरीका ४ हजार बाढीपीडितलाई ५ करोड बढीको राहत वितरण

  • प्रकाशित मितिः माघ, 14, 2074
  • रणध्वज लोहार

धरान/ गत साउन २७ गतेदेखि आएको बाढीले तराईका जिल्लामा बसोबास गर्नेलाई घरबाविहीन मात्रै बनाएन । धेरैको ज्यानसमेत लियो । बाढीका पीडाहरू सेलाएका छैनन् । बाढी पीडितले अझैसम्म पनि न्यानो कपडा, खाना र बासको अभाव झेलिरहेका छन् । तराईका जिल्लामा बसोबास गर्नेहरू विशेषगरी दलित, गरिब, एकल महिला र ज्येष्ठ नागरिकलाई कठिन छ । जाडो कटाउन समस्या भएपछि त गरिबको ज्यानसमेत जान थालेका समाचार संचारमाध्यममा आइरहेका छन् । तर पनि उनीहरूको समस्याप्रति सरकार र सम्बन्धित निकायको ध्यान जान नसक्दा सरकार भएर पनि बाढीपीडित सरकारविहीन भएको महसुस गरिरहेका छन् ।

सरकार छ तर गरिबका लागि सरकारले केही गर्न नसकेको पीडितको गुनासा बढिरहेका बेला अहिले आएर भने बाढीपीडितले राहत महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् । सुनसरीका ४ हजार बाढी पीडितले प्रति घर परिवार १५ हजार बराबरको सामाग्री पाएपछि उनीहरू खुसीले गद्गद् छन् ।

रामधुनी नगरपालिकाका मनोज परियारले नसोचेको राहत सामग्री पाएपछि अत्यन्तै खुसी लागेको बताएका छन् । उनी जस्तै वराह नगरपालिका ११ का चैतीदेवी मुसहरको परिवारमा पनि खुसी छाएको छ । झुप्रोका कष्टकर बास अब भने सामग्री पाएपछि राहत मिलेको मुसहरले प्रतिक्रिया दिइन् ।

सुनसरीमा ४ हजार बाढीपीडितलाई ५ करोड भन्दा बढीको राहत सामाग्री वितरण भइरहेको छ । साउन २७ गतेदेखि अविरल वर्षासँगै स्थानीय खोला र डुबानमा परेका तराईका पीडितलाई प्रति घरपरिवार १५ हजार बराबरको राहत सामाग्री वितरण भैरहेको हो ।

‘तराई क्षेत्रका बाढी पीडित सहयोग कार्यक्रम’ अन्तर्गत सो राहत सामाग्री वितरण गरिएको सामाजिक न्याय मन्च सुनसरीका अध्यक्ष डिबी शाहशंकरले बताए । नेपाल सरकार, चीन सरकार र युएन डिपीको साझेदारीमा संचालित ३ महिने कार्यक्रमअन्र्तगत राहत वितरण गरिएको हो । धरान उपमहानगरबाहेक, इटहरी उपमहानगरपालिका, इनरुवा नगरपालिका, वराह नगरपालिका, रामधुनी नगरपालिका र गाउँपालिकाका बाढीपीडितलाई राहत वितरण गरिएको छ । मंचका अध्यक्ष शाहशंकरका अनुसार प्रति परिवार १५ हजार बराबरको सामग्री वितरण गरिएको छ । प्रतिपरिवार उनीको राडी २ थान, कम्मल २ थान, प्लाष्टिकको बाल्टी, मग, खाना पकाउने भाडा २ सेट, प्लेट ३ सेट, कप २ सेट, डाडु, पुनियूँ, झुल २ थान, धुँवारहित चुल्होसहित राहत सामग्री वितरण भइरहेको छ ।

परियोजना अन्र्तगत हाल सम्म सुनसरीका १२ सय बाढीपीडितलाई राहत सामाग्री वितरण गरिएको छ । अब २८ सय घरलाई वितरण गरिने जनाइएको छ । परियोजनाले बाढीपीडित मध्ये पनि गरिब, विपन्न, एकल महिला, ज्येष्ठ नागरिकलाई छनौट गरी राहत सामग्री वितरण गरेको हो ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved