यी पूर्व लडाकु जसले चार मिनेटमै प्रहरी कार्यालय कब्जा गरेका थिए 

  • प्रकाशित मितिः माघ, 29, 2074
  • पहिलो किताब संवाददाता

इटहरी/ भिम प्रसाद सुवेदी सागर सुवेदी नामले ईटहरीमा स्थापीत छन् , उनीसँग धेरै परिचित छन पनि तर उनको विगतका विषयमा भने धेरै अनविज्ञ छन  । द्वन्द्वकालको उत्कर्षको समयमा धरानको मुटु भानुचौकमा रहेको वडा प्रहरी कार्यालय कव्जामा संलग्न उनि अहिले माओवादी केन्द्रको ईटहरी अध्यक्ष एवं केन्द्रिय महाधिवेषन आयोजक समितिको सदस्य छन् । झट्ट सुन्दा पनि पत्यार लाग्न नसक्ने प्रहरी कार्यालय कव्जाको घटनामा संलग्न उनि जनयुद्दलाई सम्झदा विर्षन नसक्ने घटना त्यहि भएको सुनाउँछन् । उक्त घटना लाई दुर्लभ घटनाको रुपमा मान्ने तर्क गर्दै उनि भन्छन् अहिलेको पुस्तालाई सो घटनाका विषयमा जानकारी गराउँदा सम्भव नरहेको वताउँछन तर हामीले त्यो सम्भव गरेका थियौ । 
 
माओवादी आन्दोलनमा वेग्लै ईतिहाँस वोकेका सागर अहिले ईटहरीका लागि परिचित अनि स्थापीत नेता हुन् तर उनको विगतवारे वेखवर इटहरीवासीका लागि भने जनयुद्द दिवशका दिन पारेर यो विषय सार्वजनिक गर्ने जमर्को पहिलो किताव डटकमले गरेको छ ।
 
०५४ सालमा ईटहरी स्थित जनता माध्यमिक विध्यालयमा कक्षा८ मा अध्यनरत रहेको समयमा अखिल कान्तिकारीमा संगठित भएर राजनितिक जिवनको आरम्भ गरेका उनी ०५६ सालमा जनता क्याम्पसमा भर्ना भएसँगै  तत्कालीन नेकपा माओवादीको पुर्णकालीन कार्यकर्ता वनेका थिए । ०५८ सालमा पार्टीको एरीया सदस्य वनेका सुवेदी ०५९ सालमा विध्यार्थी संगठनको सुनसरी सचिव वनेका थिए । ०५९ कै अन्त्यतिर विध्यार्थी संगठनको मेची कोशि व्यूरो सदस्य वनेका उनि ०६० सालमा विध्यार्थी संगठन मातहतको फौजी कििमटिको प्लाटुन ईन्चार्ज वनेका थिए । ०६१ सालमा माओवादीको सुनसरी मोरङ जनसरकार वनेको समयमा सेना प्रमुख वनेका सुवेदी ०६२ सालमा भएको धरानको वडा प्रहरी कार्यालय आक्रमणको घटनामा अग्रमोर्चामा रहेर आक्रमणमा संलग्न वनेका थिए ।
 
सुनसरी मोरङ सेना प्रमुख रहेको समयमा भएको उक्त दुर्लभ घटनामा संलग्न सागर सुवेदी आफ्नो जिवनकै लागि अवश्वमरणीय घटना उक्त रहेको र सो घटना एैतिहाँसिक रहेको समेत वताउँदछन । 
 
जनयुद्द दिवशका विषयमा उनी सो  घटनालाई सम्झदै भन्छन् जनयुद्दको लक्ष्य प्राप्ति नभएपनि मुलुकमा भएको परिवर्तनको हिस्सा वन्न पाएकोमा भने गर्व लाग्छ । चाहे जस्तो परिवर्तन हुन सकेको छैन तर पनि जनता र मुलुकमाथि न्याय गर्न सके भन्ने लागेको छ ।
 
उनै सुवेदीका शव्दमा धरान आक्रमण 
 म सुनसरी मोरङको जनसरकार मातहतको सेना प्रमुख थिए । भोलीपल्ट धरानको वडा प्रहरी कार्यालय आक्रमण गर्ने योजना मैले अघिल्लो दिनमात्रै मात्रै पाए । मलाइृ सुरुमा त विश्वास नै लागेन । सरकारको पुरै कव्जामा रहेको त्यो माथि धरानको मुटुमै रहेको प्रहरी कार्यालयमा आक्रमण गर्नु चानचुने कुरा थिएन । झन अपत्यारीलो त त्यो आक्रमण दिउँसै गर्ने मलाई सुचना थियो । जनमुक्ति सेनालको फष्ट डिभिजनवाट प्राप्त उक्त सुचनापछि तयारी थालियो तर पत्यार भने थिएन मलाई । राती गरिने आक्रमणमा पनि हार व्यहोरेका घटना मेरो दिमागमा ताजै थिए । तर पनि दिउँसै युद्द जितेर नयाँ ईतिहाँस रच्ने सपना भने मैले साँचेको थिएँ । 
 
धरानसँगै एकै दिन विर्तामोड स्थित प्रहरी कार्यालय पनि दिउँसै आक्रमणको योजना वुनिएको पनि मैले सुईको पाएको थिए । हैन जस्तो लागेपनि पत्याउन सिवाय म सँग विकल्प पनि थिएन । जनयुद्दको योद्दाको हिसावले पनि मलाइृ आफ्रनै जिल्लामा हुन लागेको दुर्लभ लडाईमा विजय प्राप्त गर्नु समेत थियो । 
 
सुनसरीको पानमारामा रहेको समयमा पाएको सुचना पछि झन्डै २४ घन्टामात्रै तयारीको समय थियो । सुचना पाएसँगै तयारी थालीयो । मैले धरानवाट एउटा र ईटहरीवाट दूईवटा मारुती भ्यान अघिल्लो दिन वोलाए । तिनवटै भ्यान धरान आक्रमणका लागि वोलाईएको थियो । केरावरी वोलाईएका भ्यानलाई हामीले एक रात हाम्रो नियन्त्रणमा राख्यौ । भोली पल्ट विहानवाटै आक्रमणको योजना र अन्तिम तयारीमा हामी जुट्यौ । आक्रमणको अघिल्लो दिन नै वडा प्रहरी कार्यालय जनमुक्ति सेनाको रेकी गर्ने टिमको घेरामा रहेको हामीलाई जानकारी भयो ।
 
राजनितिक प्रत्याक्रमणको दोस्रो चरणमा भएको चट्याङ धमाका नामको अप्रेशन अन्तरगतको उक्त आक्रमणमा सफलता हाँसिल गर्न कम चुनौति भने हामीलाई थिएन । आक्रमणका लागि वनाईएको टिमको पहिलो मोर्चामा मसहित ३५ जना समावेश थियौ । क. सन्देश नेतृत्वको उक्त फौजी कारवाहिको पहिलो मोचाृमा रहेका हामी दिउँसो मध्यान्न तिर तिनवटा भ्यानमा हतियार सहित वडा प्रहरी कार्यालयको गेटमै पुग्यौं । भ्यानवाट उत्रदै हतियार चलाउँदै फायरिङ गदैं हामी वडा प्रहरी भित्र प्रवेश गर्यौ । त्यहि विचमा हामीले लगेका भ्यान चालक फरार भए । तर हामीलाई सो विषयमा पत्तो नै भएन । कार्यालय प्रवेशसँगै प्रहरीले आत्मसमर्पण गरे । जहाँसम्म लाग्छ सो समयमा वडा प्रहरीमा ५० जनाको हाराहारीमा प्रहरी थिए । 
 
करीव ४ मिनेटमै हामीले वडा प्रहरी कार्यालय कव्जा गरी सवै हतियार र गोली गठ्ठा कव्जा गर्यौ जव हामी सुरक्षित स्थान तर्फ जान खोज्दै थियौ त्यहि विचमा पोष्टमा लुकेका एक हवल्दारले फायरिङ खोले हाम्रो तर्फ क्षति भएन तर उनको भने जवाफी फायरीङमा मृतयु भयो । 
 
गेटवाट वाहिर निष्कियौं तर सेल्टर एरिया सम्म जाने सवारीसाधन थिएन । हामी पैदल नै वगरकोटसम्म पुग्यौ । त्यहाँ हाम्रो सुरक्षाका लागि जनमुक्ति सेनाको व्रिगेडको फौज तैताथ थियो । हामीलाइृ पम्५्याउने सुरक्षा फौजलाई आक्रमण गर्न एम्वुुस नै थापेर जनमुक्ति सेनाको टिम वसेको थियो । तर हामी करिव २ किलोमिटर लुटेको हतियार वोकेर पुग्दा समेत हामीलाई सुरक्षा फौजले पिछा गरेन भने हवाई मार्गवाट समेत पछ्याउने काम भएन ।
 
त्यसपछि हामीले मोरङको रमिते स्थित जनमुक्ति सेनाको क्याम्पमा पुगेर विजय उत्सव मनायौ । अहिले पनि त्यो क्षण मलाई सपना जस्तो लाग्छ । जव जव म धरानको भानुचौक पुग्छु तव तव त्यो घटनाले मलाई झस्काइृ राख्छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved