कृपाको प्रथम वार्षिकोत्सव, स्रष्टालाई सम्मान

  • प्रकाशित मितिः फाल्गुन, 5, 2074
  • सन्तोष काफ्ले

ललितपुर / नेपाली सांगितिक क्षेत्रका व्यक्तिहरुको निम्ति शुक्रबारको साँझ विशेष रह्यो । सांगितिक क्षेत्रमा छोटो समयमा नै ठूलो फड्को मार्न सफल भएको कृपा फाउन्डेशनको प्रथम वार्षिकोत्सव एक भव्य समारोहका बीच सम्पन्न भयो । प्रथम वार्षिकोत्सवको मुख्य आकर्षणका रुपमा नेपाली सांगितिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका तीन अग्रज स्रष्टाहरुलाई सम्मान गरियो ।

यसैबीच, सगरमाथा आरोहण गर्ने तयारीमा जुटिरहेको “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ गायक प्रेम ध्वज प्रधानले पानसमा दिप प्रज्ज्वलन गरी औपचारिक रुपमा उक्त समारोहको समुद्घाटन गर्नुभएको थियो । अमेरिकामा मृगौलाको उपचार गराइरहेका वरिष्ठ गायक ओम विक्रम विष्टलाई कृपा रत्न सम्मान अवार्डबाट सम्मान गरी नगद रु ५१ हजार प्रदान गरिएको थियो ।

कार्यक्रममा विशेष अतिथ्यता ग्रहण गर्नुभएका वरिष्ठ कवि तथा गीतकार रत्न शम्शेर थापा र वरिष्ठ गायक योगेश्वर वैद्यलाई विशेष सम्मान गरिएको थियो । उता प्रोत्साहन स्वरुप भने “प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८” लाई नगद रु ५ लाख हस्तान्तरण गरिएको थियो ।

कृपा फाउन्डेशनका अध्यक्ष शिव लामिछानेको ‘जय नेपाल’ बोलको गीत पनि सार्वजनिक गरिएको थियो । साथै अध्यक्ष तथा सांगितिक क्षेत्रमा शिवाजका नाममा परिचित गायक तथा कृपा अन्प्लग्डका कलाकारहरुले सांगितिक प्रस्तुती दिएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

बजार ब्यवस्थापकः मनोज निरौला

मल्टिमिडियाः प्रमिला दुलाल

डेक्स सम्पादकः आयुशा कोईराला / कृष्ण कार्की / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved