सुन तस्करी – आईजीपी फेरिए सँगै नयाँ मोडमा जाने , प्रहरी उच्च अधिकारी तानिने निश्चित

  • प्रकाशित मितिः चैत्र, 28, 2074
  • चन्द्रमणि कट्टेल

इटहरी / सुन तस्करीमा सकृय चुणामणि उपे्रती गिरोह भित्रको विवादमा मारिएका उर्लावारीका सनम शाक्य हत्याको विषय लिएर भईरहेको कारबाहिले अव नयाँ मोड लिने भएको छ ।

आईजीपी प्रकाश अर्यालसहित धेरै अधिकारीले उमेर हदका कारण अवकाश पाएपछि छानविन कै क्रममा रहेको सुन तस्करी प्रकरणको नेतृत्व गर्ने दायीत्व नयाँ आईजीपी सर्वेन्द्र खनालको काँधमा आउँदै छ । प्रहरी अधिकारी कै संलग्नतामा तस्करी हुने गरेको र प्रहरीकै संलग्नतामा शाक्यको शव व्यवस्थापन गरिएको विषय अहिले प्रहरी संगठन भित्र नै पेचिलो विषय बनिसकेको छ ।

छानविनको दायरा ठुलो अनि फराकिलो भएको र धेरै प्रहरी अधिकारी समेत तानिने अवस्था बनेको समयमा प्रहरीको नेतृत्वमा आएका खनालका सामु पहिलो काम र चुनौती गोरे गिरोहमा संलग्न लाई पक्राउ गरेर कारबाहि गर्नु हुने छ ।

प्रहरी अधिकारी माथी बारवार लाग्दै आएको सुन तस्करीको आरोर्प पछिल्लो घटनापछि थप प्रमाणित हुने अवसथा आएको छ । अघिल्लो नेतृत्वले कारवाहिवाट जोगाउन र विषय लुकाउन खोजेको कुरामा खनाल जानकार नरहने कुरै हुँदैन तर पनि संगठन भित्रको जल्दो र पेचिलो विषयमा उनी कसरी अघि वढ्छन , त्यो त समयक्रम सँगै देखिने छ ।

पछिल्लो सुन तस्करी र हत्याको विषयमा अनुशन्धान र कारवाहिको नेतृत्व गर्ने एसएसपी दिवश लोहनी नेतृत्वको टिम , विमानस्थलवाट आएको प्रमाणीत भईसकेकाले त्यहाँ रहेको प्रहरीको टिम र गिरोहमा संलग्न अन्यलाई कारवाहि गर्न खनालले हिम्मत गरे उनी  सफल एवं जनप्रिय आईजीपी बन्नेछन् ।

तर खनाललाई नजिकवाट बुझ्ने र जान्नेहरुले भने खनाल यो विषयमा निर्मम बनेर एक्सनमा जाने वताईरहेका छन् । अन्य जिम्मेवारीमा रहेपनि आईजीपीमा नियुक्ति हुने निर्णय भए लगत्तै उनले गोरे गिरोह र अनुशन्धानका विषयमा निकटवाट जानकारी लिन थालेको बुझिएको छ ।

अनुशन्धानमा निकै सफल र कारवाहिमा आक्रामक छवी बनाएका उनले आफुँ निकट च्यानलहरु सकृय बनाईसकेको प्रहरी स्रोतले बताएको छ । यो विषयमा भईरहेको अनुशन्धान र कारवाहिको नेतृत्व प्रत्यक्ष आफ्नै निगरानी र नेतृत्वमा गर्न सक्ने स्रोतको भनाई छ ।

गृहमन्त्रालयको छानविनले अनुशन्धान र कारवाहिको दायरा ठुलो अनि फराकीलो बनाईसकेकाले निकै ठुलो यो विषयमा आफ्नै नेतृत्वमा काम गर्ने खनालले चाहना राखेको समेत बुझिएको छ । ठुला कारवाहि र अपे्रशनमा निकै सफल बनेका उनी जनताबिच प्रिय छन् ।

खनालको परिचय यस्तो छ

सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् । ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए । त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए ।

देशको प्रतिनिधित्व गर्दै विदेशमा राष्ट्रिय झण्डा बोकेर खेल्नेहरुले राष्ट्रघात गरेको भन्दै खनालले राष्ट्रिय टिमका कप्तान सागर थापा, विकास क्षेत्री सन्दिप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई कारवाहीको दायरामा ल्याएका थिए । स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्रा्ष्ट्रिय खेल जितेको थियो ।

नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए ।

अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो ।

तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर, पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको थिए ।

उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ । एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।

गिरोहको नालीवेली र घटनाक्रम

धरानको निर्वाणा कन्ट्री क्लवमा राखेर दिईएको यातना पछि मरेका शाक्यको शव धरानमै भेटिएको भएपनि अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनीको प्रत्यक्ष निर्देशन र कमाण्डमा खटेको डिएसपी प्रजीत केसी नेतृत्वको समूहले एक दिन पछि विराटनगरवाट शाक्यको शव भेटिएको बताएपछि प्रहरी अधिकारीको संलग्नता खुलेको थियो ।

अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनी शव विराटनगरमा भेटिएको तर केरुङ नाका हुँदै उपे्रती गिरोहले माघ ६ गते ल्याएको ३३ केजी सुन र नाईके उपे्रती भने फेला पार्न नसकिएको बताएका थिए ।

विराटनगरमा शाक्यको शव फाल्गुण २१ दिउँसो भेटिएको र हत्यामा संलग्न तिन जना मोहन काफ्ले , नरेन्द्र कार्की र टेकराज मल्ल पक्राउ परेको एसएसपी लोहनीले दावी गरेका थिए । सो क्रममा एसएसपी लोहनीले केरुङवाट तस्करी भएर आएको भनिएको ३३ केजी सुन हराएको विषयमा नाईके चुणामणि उपे्रती समूहले दिएको यातनाका कारण मृत्यु भएको बताएका थिए ।

उनले सिराहाको कुनै स्थानमा हत्या भएको र शव गाडीमा राखिएको सुचनाका आधारमा पीछा गर्दै गएको टोलीले विराटनगरवाट शव नियन्त्रणमा लिएको जनाएका थिए । तर डीएसपी प्रजीत केसीको टोली विराटनगर एयरपोर्ट हुँदै धरान पुगेको र शव भएको गाडीमै चढेर फाल्गुण १९ गते राती विराटनगर तर्फ लागेको खुलेको थियो ।

पक्राउ परेका र वरामद शव मोरङ प्रहरीको जिम्मा लगाएर उनीहरु काठमाण्डौ फर्केपछि फाल्गुण २० गते पहिलो किताव डट कमले अनुशन्धानमा प्रहरीभित्र मत वाझियो र योजनामै गोरे भयाईयो भन्ने आसयको समाचार सार्वजनिक गरीदिएको थियो । ( हेरौं समाचार –  योजनामै भगाईयो गोरे  )

सो समाचार आएपछि अनुशन्धानले नयाँ मोड लियो , तत्कालीन प्रदेश प्रहरी प्रमुख एआईजी पशुपति उपाध्यायको सकृयतामा प्रहरी प्रधान कार्यालयले आन्तरीक छानविन गर्ने निधो गर्यो । तर औपचारीक छानविन समिति भने बनेन ।

मृतक शाक्य र हत्या अभियोगमा पक्राउ परेकाका आफन्तले पक्राउ पर्ने र मृतक भरीया मात्रै भएको नाईके चुणामणि नै भएको पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेपछि विषय थप पेचिलो बन्यो । उनीहरु काठमाण्डौ नै पुगेर गृहमन्त्रीलाई भेटेपछि गृहमन्त्रालयको आदेशमा प्रहरी प्रधान कार्यालयले यस्तो संवेदनशिल विषयमा छानविन गर्ने जिम्मा अवकाशको मुखमा रहेका डिआईजी पुष्कल रेग्मीलाई दियो ।

छानविन समिति बनेर काम थाले लगत्तै फाल्गुण २० गते पहिलो किताब डटकमले प्रहरी उच्च स्रोतको हवाला दिदैं विमानस्थलवाटै सो सुन माघ छ गते आएको र फाल्गुण २० गते एयरपोर्ट भित्रै तेल भर्ने ट्याङकरको ठक्करवाट माारिएका सानु बमको विषय पनि गोरे गिरोह सँग जोडिएको आसयको समाचार सार्वजनिक गरीदिएपछि यो विषय थप पेचिलो र ठुलो बन्यो ।  – हेरौं समाचार , मृत्यु पछि खुल्यो रहस्य , एयरपोर्टवाटै आएको थियो तस्करीको सुन

अवकाशको मुखमा रहेका डीआईजीलाई छानविनको जिम्मा लगाएर भन्सार अधिकारी , विमानस्थल प्रहरी , अध्यागमन अधिकारी र अपराध अनुशन्धान महाशाखाका अधिकारी जोगाउन विमानस्थलवाट भित्रिएको सुनलाई केरुङ नाकावाट भित्रिएको बनाउने कोसीस र खेल भईरहेको समाचार पहिलो किताबवाटै सार्वजनिक भएपछि गृहमन्त्री राम वहादुर थापाले प्रहरीको छानविन टोलीलाई वाईपास गरी गृहकै सहसचिव ईश्वर पौडेलको नेतृत्वमा अर्को छानविन समिति बनाए ।

गृहकै छानविन समितिले केरुङ नाकावाट आएको भनेर प्रहरीले गरीरहेको प्रचारवाजीलाई गलत प्रमाणीत गर्दै विमानस्थलका करिव दर्जन कर्मचारी समातेर थाई एयरवाटै आएको पुष्टि गर्यो ।  पहिलो कितावले यो विषयमा फाल्गुण ३० गते नै समाचार लेखेको थियो ।  – हेरौं समाचार , मृत्यु पछि खुल्यो रहस्य , एयरपोर्टवाटै आएको थियो तस्करीको सुन

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved