फलोअप : गृहमन्त्रीको कारवाहि असफल बनाउने प्रयास , बयानका क्रममा खुलेका नाम सार्वजनिक (सुचि सहित )

  • प्रकाशित मितिः बैशाख , 3, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करीको संगठित गिरोह विरुद्द कारवाहि थालेका गृहमन्त्री राम बहादुर थापालाई असफल बनाउने गरी प्रहरी अधिकारीवाट हुँदै आएको झुटो प्रचारवाजीले कुनै असर नपरेपछि गिरोहमा संलग्न ठुलो समूहलाई भगाएर अनुशन्धान र कारवाहि नै असफल बनाउने खेल सुरु भएको छ ।

सुन तस्करीमा संलग्न गोरे भनिने चुणामणि उपे्रती गिरोह र सनम शाक्य हत्याकाण्डका विषयमा अनुशन्धान र कारवाहि सुरु भएपछि विमानस्थलवाट आएको सुनलाई केरुङ नाकाबाट आएको बनाउन प्रहरीकै उच्च अधिकारीले मिडीया प्रयोग गरी प्रयास गरेका थिए ।

केरुङ नाकाबाट आएको बनाउन तस्करीमा लागेकाको संरक्षण गर्दै आएका प्रहरी अधिकारी सफल नबनेपछि उनीहरुकै योजनामा फेरि दोस्रो प्रयास भएको थियो। हाईप्रोफाईल व्यक्ति र धेरै प्रहरी अधिकारी कारवाहिमा तानिने अवस्था बनेपछि उनीहरुकै डिजाईनमा अवकाशको मुखमा रहेका पुर्व डीआईजी पुष्कल रेग्मीलाई छानविन समितिको नेतृत्व सुम्पीएको थियो ।

अवकाशको मुखमा रहेकालाई छानविनको जिम्मा दिएर विमानस्थलवाट आएको सुन लाई केरुङ नाकावाट आएको बनाउने कोसीस भएको विषयमा पहिलो किताबले पहिलो पटक समाचार लेखेपछि गृहमन्त्री थापाले प्रहरीको छानविन समितिलाई वाईपास गर्दै सहसचिव ईश्वर पौडेको नेतृत्वमा अर्को समिति बनाएर अघि बढेका थिए ।

गृहको समितिले विगत एक दशक यता बरामद भएको सुन र पक्राउ परेकाहरुको फाईल खिचेर अनुशन्धानको दायरा फराकिलो बनाएपछि अत्तालिएका प्रहरी अधिकारीले गृहले पक्राउको सुचिमा राखेकाहरुको नै नाम सार्वजनिक गरेर भगाउने काम गरेका छन् ।

उनीहरु पक्राउ परे उनीहरुसँगै कनेक्सन भेटिने प्रहरी अधिकारी पनि कारवाहिमा तानिने भएकाले प्रहरी अधिकारीले मिडीया उपयोग गरी उनीहरुलाई भगाउने डिजाईन बनाईएको स्रोतले जानकारी गराएको छ । यस्तो जघन्य र ईतिहाँसकै ठुलो कारवाहि भईरहेको विषयमा त्यो कारवाहि नै प्रवाहित बनाउने गरी भईरहेको मिडीयाबाजीप्रति गृहका अधिकारी नै शसंकीत बनेका छन् ।

पहिलो किताबसँग कुरा गर्दै गृहमन्त्रीको सचिवालयका एक सदस्यले खोजीको सुचीमा राखिएका र बयानका क्रममा नाम खुलेकालाई पक्राउ गर्ने तयारी भईरहेको बेला मिडियावाट सुचि नै सार्वजनिक भएको विषयलाई गृहमन्त्रीले गम्भिर रुपमा लिएको बताएका छन् । उनले भने – बयानका क्रममा खुलेका नाम नै सार्वजनिक हुनु गम्भिर विषय हो , यो विषयमा छानविन गरी संलग्नलाई कारवाहि गरिन्छ ।

फरारको सुची भन्दै बयानका क्रममा खुलेका करिव ३ दर्जन व्यक्तिमध्ये २१ जनाको नाम नै सार्वजनिक भएपछि यो विषय गृहमन्त्रालय भित्रै थप पेचिलो बनेको छ । सुची नै सार्वजनिक भएको विषयलाई गृहमन्त्रीले गम्भिर रुपमा लिएको बुझिएको छ । अनुशन्धान गर्ने मोरङ प्रहरीका अधिकारी र गृहका छानविन अधिकारीसँग यो विषयमा गृहमन्त्री कडा रुपमा प्रस्तुत हुने स्रोतको भनाई छ ।

गृहको छानविन समिति बनाएर आफ्नै प्रत्यक्ष निदेर्शनमा भईरहेको कारवाहि र अनुशन्धानलाई नै प्रवाहित गराउने गरी भईरहेका गतिविधिले यो विषयमा गृहमन्त्रीले नयाँ स्टेप चाल्न सक्ने गृहकै अधिकारीहरु बताउन थालेका छन् ।

सुरुवाती चरणवाटै गिरोहको पर्दाफास गर्न र पक्राउ गर्न राम्रो भूमिका खेलेका मोरङका एसपी अरुण कुमार बीसी पनि पछिल्लो प्रकरण पछि बिबादमा तानिने अवस्था आएको छ । एसपी बिसीको प्रत्यक्ष नेतृत्वमा स्थानिय स्तरमा भएको अनुशन्धानका क्रममा खुलेका नामको सुचि नै सार्वजनिक भएपछि उनी पनि विवादमा तानिएका छन् ।

एसपी बिसीसँग यस्तो जघन्य अपराध र यति ठुलो कारवाहिका विषयमा अपराधमा संलग्न पक्राउ पर्नु अघि नै सुचि वाहिरीएको विषयमा जिज्ञासा राख्दा उनले आश्चर्य प्रकट गरे । उनले त्यस्तो हुनै नसक्ने दावी समेत गरेका छन् । तर सुचि नै सार्वजनिक भएको हो भने त्यो गम्भिर विषय भएको र त्यो विषयमा अनुशन्धानमा संलग्न स्थानिय प्रहरीमाथि पनि छानविन गरी कारवाहि हुने बताएका छन् ।

उनले कसैले कुनै नियतले सुचना चुहाएको भएपनि अनुशन्धान र कारवाहिमै असर पर्ने गरी समाचार नलेखिदिन संचारकर्मीसँग आग्रह समेत गरेका छन् । विषयको गाम्र्भीयता हेरेर सहयोग गर्न आग्रह गर्दै बिसीले यो गिरोहमा भएजति सबै कारवाहिमा तानिने समेत बताएका छन् । प

पछिल्लो समयमा गृहको छानविन समितिलाई आवश्यक परेको बेला सहयोग गर्न बाहेक अन्य कुनै काम नगरेको र छानविन समितिले नै अनुशन्धान र कारवाहि गरीरहेकाले मोरङ प्रहरीमाथि शंका नर्गन भनेका छन । उनले बयानका क्रममा खुलेका नाम र सार्वजनिक भएको नाम मिलेको रहेछ भने नाम सार्वजनि गरेर उनीहरुलाई भगाउन सहयोग गर्ने प्रहरी अधिकारीलाई नै कारबाही गर्ने बताएका छन् ।

फरार भनिएको सुचिमा यी छन्
चुणामणी उपे्रती उर्लावारी
नर्वदा खरेल उपे्रती उर्लावारी
रमेश उपे्रती
दुर्गा खरेल उपे्रती
भीमकुमारी खरेल
डोलेन्द्र प्रसाद खरेल
सुनिल अग्रवाल धरान
मोहनकुमार अग्रवाल एमके
कृष्ण बस्नेत
मोहम्मद उस्ताम मियाँ
भविन तामाङ भनेर चिनिने भविन राई
कमल कार्की
सन्दीप खड्का
चेतन भण्डारी
प्रमोद श्रेष्ठ
रोहित आचार्य
दावा शेर्पा
भोजराज भण्डारी
रक्षा भण्डारी
प्रयास पराजुली
सुरेन्द्र गौतम


गलत प्रचारवाजी

ठुला मिडिया उपयोग गरी यस अघि केरुङ नाकावाट भित्रिएको सुन भनेर प्रहरी अधिकारीले सक्दोे प्रचार गरेको भएपनि अन्तत त्यो सुन विमानस्थलवाटै आएको प्रमाणित भएको थियो ।

पहिलो किताव डट कमले पहिलो पटक प्रहरी स्रोतको हवाला दिदैं फाल्गुण २० गते नै गोरे गिरोहले तस्करी गरी ल्याएको सुन त्रिभुवन विमानस्थलवाटै आएको र थाई एयरवेजका मेकानिकल हेल्पर सानु बनको माघ २० गते एयरपोर्ट भित्रै ए – २७ नम्वरको तेल भर्ने ट्याङकरको ठक्करवाट भएको शंकास्पद दुर्घटनासँग जोडिएको सार्वजनिक गरीदिएको थियो ।

यस्तो थियो एक महिना अघि लेखिएको समाचार –एयरपोर्टवाटै आएको थियो सुन , सानु बमको मृत्युपछि खुल्यो रहस्य

पहिलो कितावमा समाचार आएलगत्तै अपराध अनुशन्धान महाशाखा र प्रहरी प्रधान कार्यालयका उच्च अधिकारीे नाम चलेका ठुला मिडिया मार्फत तस्करीको सुन केरुङवाट आएको बनाउने कोसिसमा लागेका थिए ।

गोरे गिरोहमा संलग्नको हत्या सिराहामा भएको र विराटनगरमा शव भेटिएको भनेर अपराध अनुशन्धान महाशाखाले पत्रकार सम्मेलन गरेपछि यता मोरङका एसपीले पत्रकार सम्मेलनमा मोरङकै उर्लावारी आसपासको क्षेत्रमा सनम मारिएको वताएका थिए ।

फाल्गुण १८ विहान धरानमा शाक्य र ३३ केजी सुन भएको भनिएको स्कारपियो भेटिएको थियो तर धरान प्रहरीलाई चक्मा दिदैं अपराध अनुशन्धान महाशाखाका डिएसपी नेतृत्तको टोली विराटनगर लागेको विषय धरानका डिएसपी रामेश्वर पौडेल र मोरङका एसपी अरुण कुमार बिसीले अनुशन्धानकै क्रममा भेटेपछि यो विषय पेचिलो बनेको थियो ।

प्रहरी भित्र विवाद , अनुशन्धान गर्ने निकायको फरक – फरक दावी शिर्षकमा फेरि पहिलो कितावमै समाचार आएपछि गृहमन्त्री राम बहादुर थापाको निर्देशनमा प्रहरी प्रधान कार्यालयले अवकाशको मुखमा रहेका डीआईजी पुष्कल रेग्मीलाई छानविन सुम्पेका थिए । यस्तो थियो समाचार –प्रहरीमा नै विवाद , योजनामै भगाईयो गोरे

अवकाशको मुखमा रहेका रेग्मीलाई छानवीनको जिम्मा दिएर विमान स्थलवाट आएको सुनलाई केरुङवाट आएको बनाएर ठुलै गिरोह बचाउने तयारी भएपछि डीएसपी रामेश्वर पौडेल र एसपी अरुण कुमार बिसी अनि एक नम्वर प्रदेशको माओवादीको स्थानिय नेतृत्वले गृहमन्त्रीलाई वास्तविकता जानकारी गराउ्रँदै गृहकै समिति बनाउन सुझाएपछि अर्को समिति बनेको थियो ।

प्रहरीको छानविन समितिलाई वाईपास गर्दै गृहमन्त्रीको प्रत्यक्ष निगरानीमा रहने गरी सहसचिव ईंश्वर पौडेल नेतृत्वको समिति वनाएर अघि बढेपछि मात्रै सो समितिले एसपी अरुण कुमार बिसी , डीएसपी रामेश्वर पौडेल अनि धरान र विराटनगरमा रहेका सादा पोषाकमा परिचालीत प्रहरीको सहयोगमा गिरोहको पहिचान गरेको बताईन्छ ।

विमानस्थलवाट नै आउने गरेको विषय प्रमाणीत भएपछि पक्राउ परेका एकले हिरासतभित्रै आत्महत्या गरेका छन् । नेपाल एयरलाईन्समा कार्यरत पे्रमलाल चैधरीले शुक्रवार हिरासत भित्रै आत्महत्या गरेको बताईएको छ । उनको मृत्युपनि छानविन समितिले शंकास्पद मानेको छ । उनी विहिवार पक्राउ परेका थिए ।

उनको आत्महत्यासँगै अर्का एक व्यक्ति जो माघ मै एयरपोर्ट भित्रै ट्याङकरको ठक्करवाट मारिएका थिए । उनले समेत आत्महत्या गरेको बनाएर उनलाई ठक्कर दिने ट्याङकरका चालक सार्की लामा सम्म छानविन समितिलाई पुग्न नदिने कोसीस भईरहेको सुरुवातवाटै छानविनमा सकृय प्रहरी अधिकारीले बताएका छन् ।

पत्रपत्रिकामा सानु बनले आत्महत्या गरेको भनेर आएको समाचार प्रति अनभिज्ञता प्रकट गर्दै छानविनमा सकृय प्रहरी अधिकारी भन्छन् – सानु बन उहिल्ये मरे , तर यतिवेला उनको आत्महत्याको खबर प्रचारवाजी गरेर अनुशन्धानलाई प्रभावीत गर्न खोजीएको छ । अनुशन्धान जरैमा पुगिसकेकाले त्यसले कुनै अर्थ राख्दैन ।

सानु बनको मृत्यु पछि समातिएका चालक सार्की लामालाई विमानस्थल प्रहरीले गौसाला प्रहरीको जिम्मा लगाएपछि गोरे गिरोह पछ्याईरहेको प्रहरीको अर्को टोलीले भने त्यहि घटनालाई प्रारम्भीका बिन्दु बनाएर अनुशन्धान गरीरहेको थियो । अनुशन्धान गर्ने अधिकारी नै पछिल्लो मिडीयावाजी पछि भ्रमित र शसंकीत बनेका छन् ।

गौसाला प्रहरीको हिरासतमा रहेका सार्की अहिले कहाँ छन् अनि कुन अवस्थामा छन् भन्ने विषयमा अनुशन्धानमा संलग्न अधिकारी नै अनविज्ञता प्रकट गर्न थालेका छन् । गोरे गिरोह र सुन तस्करीको जालोको पर्दाफास गर्न सुरुवातीवाटै ईमान्दार बनेर लागेका मोरङ प्रहरीका एसपी अरुण कुमार बिसीले पनि सार्की लामाका विषयमा अनविज्ञता प्रकट गरेका छन् ।

उनले हिरासतभित्रै दुई जनाले आत्महत्या गरेको भनेर आईरहेका खबर र समाचारमा सत्यता नरहेको उनको भनाई थियो । एसपी बिसीले पछिल्लो समयमा गृहको नेतृत्वमा छानविन र कारवाहि भईरहेकाले मोरङ प्रहरीले आवश्यक सहयोग मात्रै गरीरहेको तर सवै विषयमा भने आफु पनि जानकार नरहेको बताएका छन् ।

कहाँ छन् सार्की लामा ?

थाई एयरका मेकानिकल हेल्पर सानु बनको मृत्यु पनि शंकास्पद छ । उनी ट्याङकरको ठक्करवाट माघ २० मै मरेका थिए । उनलाई ठक्कर दिने ट्याङकरका चालक थिए सार्की लामा । बन सुन तस्करीमा संलग्न रहेको गृहको छानविन समितिले फेला पारीसकेको छ । पक्राउ परेकाहरुसँगको बयानमा सो कुरा खुलेको स्रोतको भनाई छ ।

तर उनलाई ठक्कर दिने ट्याङकर चालक भने घटनाको १० दिन पछि नै अदालतमा १ हजार रुपैंया धरौटीमा छुटेको बुझिएको छ । त्यसपछि उनी कहाँ छन् भन्ने कसैलाई पत्तो नै छैन ।
दुर्घटना पछि विमानस्थल प्रहरीले उनलाई आवश्वयक कारवाहिको लागि गौशाला प्रहरीलाई बुझाएको थियो । वनको मृत्य लाई पनि अनुशन्धानमा अधिकारीले दुई वटा कोणवाट हेरेर अनुशन्धान गरीरहेको बुझिएको छ । एउटा गोरे गिरोहको यातनाका कारण एयरपोर्ट भित्रै ट्याङकर अघि गएर आत्महत्या अर्को सवारी दुर्घटना बनाउने गरी हत्या भएको हुन सक्ने आशंका सहित गृहको छानविन समितिले छानविन गरीरहेको प्रहरी उच्च स्रोतले बताएको छ ।
गौसाला प्रहरीले सार्की लामा माघ अन्तिमतिर अदालतको आदेशमा एक हजार रुपैंया धरौटीमा रिहा भएको तर त्यसपछि भने गौशाला प्रहरीलाई कुुनै जानकारी नरहेको जनाएको छ ।

यसरी भएको थियो सनमको हत्या
तस्करीको ३३ केजी सुन गायब पारेको भन्दै फागुन दोस्रो साता नै उनलाई काठमाण्डौ बोलाएर गोरे गिरोहले यातना दिन थालेको थियो । फाल्गुण १५ गते विराटनगर विमानस्थल हुँदै उनलाई ईटहरी ल्याएर बसपार्क आसपासको होटलमा गोरे गिरोहले नै राखेको अनुशन्धानका क्रममा खुलेको थियो ।

गिरोहमा संलग्न अन्यलाई पनि सिराहा बोलाएर इटहरीमा भेला पारी फाल्गुण १६ गते धरान लगिएको थियो । धरानभित्र पनि अत्यन्तै सुरक्षित मानिएको निर्वाणा कन्ट्री क्लव भित्रको गेष्टहाउसमा राखेर उनलाई र अन्यलाई चरम यातना दिएको थियो । यातनाकै कारण उनको मृत्यु भएको थियो । निर्वाणमा विराटनगरवाट शव सहित पक्राउ परेको भनिएका टेकराज मल्ल, नरेन्द्र कार्की र मोहन काफ्लेलाई समेत यातना दिएको मोरङ प्रहरीले अनुशन्धानका क्रममा भेटेको थियो ।

तस्करीको सुन पछ्याईरहेको भनिएको अपराध अनुशन्धान महाशाखाको डीएसपी प्रजीत केसी नेतृत्वको टोलीले शनमको शव भएको भनिएको गाडी फाल्गुण १७ गते विहान नै भानुचौकमा फेला पारेको थियो ।

साथमै सहयोगका लागि तैनाथ धरान प्रहरीलाई समेत चक्मा दिदै उनीहरु विराटनगर तर्फ लागेको थिए । त्यहि धरानमै देखिएको गाडी र मान्छे विराटनगरवाट समातियो भन्दै महाशाखाले त्यो बेला प्रचार गराएको थियो ।

मासिक १ हजार किलो सुन तस्करी
सुन तस्करीमा संलग्न कुख्यात गोरे गिरोह र सनम शाक्य हत्याकाण्डको अनुशन्धान गरीरहेको गृहमन्त्रालयको छानविन समितिले मासिक करिब १ हजार किलो तस्करीको सुन विमानस्थलावाटै आउने गरेको पत्ता लगाएको छ ।
अनुशन्धानका क्रममा पक्राउ परेका नेपाल एयरलाइन्स , थाई एयरवेज र फ्लाई दुवईका कर्मचारीसँगको बयानका क्रममा यस्तो डरलाग्दो तथ्य भेटिएको गृहका अधिकारीले जानकारी गराएका छन् ।  समातिएका हरुले मात्रै मासिक हजार किलो वरीपरी तस्करी गरेर ल्याउने गरेको खुलेको हो ।

गृहमन्त्री राम वहादुर थापाले केहि दिन अघि विमानस्थलवाटै टनका टन सुन भित्रिने गरेको बताउँदा धेरैले उनलाई हाँसो र मजाकको पात्र बनाएका थिए । तर अहिले अवस्था ठिक त्यस्तै रहेको नै दृष्य सतहमा देखिन थालेका छन् ।

प्रहरीका एक उच्च अधिकारीले भने, ‘अहिले जुन जोजो समातिएका छन्, उनीहरूले मात्रै प्रत्येक साता ३०० केजी सुन तस्करी गरेको सँचना पाएका छौँ । यो काम एयरलाइन्सका कर्मचारी र सुन व्यापारीको सेटिङमा हुँदै आएको खुलेको छ । प्रहरीका भूतपुर्व अधिकारीको पनि संलग्नता देखिएको छ । अनुसन्धान जारी छ, केही दिनमै पर्दाफास हुनेछ ।’

विमानस्थलबाट टनका टन सुन तस्करी हुने गरेको सँचना आएपछि गृह मन्त्रालयले सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ । टोली अनुसन्धानमै छ ।

गिरोहमा भारतीय पनि संलग्न

त्रिभुवन विमानस्थलवाट तस्करी गरेर सुन ल्याउने काममा भारतीय गिराह पनि रहेको खुलेको छ । जारी अनुशन्धान र कारवाहिका क्रममा विमानस्थलमा कडाई गरीएको बेला भारतीय गिरोहका दुई सदस्य पनि पक्राउ परेपछि भारतीयले पनि दुवईवाट त्रिभुवन विमास्थल हुँदै सुन ल्याउने गरेको प्रमाणित भएको हो ।

जुत्ताभित्र सुन लुकाएर ल्याउने दुई भारतीय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरुको साथवाट १ करोड ४१ लाख ९३ हजार रुपैयाँ मुल्य पर्ने करिव दुई केजी आठसाय ग्राम सुनसहित दुई भारतीय पक्राउ परेको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ ।

भारतीय नागरीक राकेश पादीगेला र सन्ताषे गाउड कुदारवारलाई प्रहरीले पक्राउ गरेपछि भारतीय गिरोह पनि रहेको खुलेको हो ।

 यो र यस भित्रका लिंक पनि हेरौं – गोरे गिरोह र सुन तस्करीको नालीबेली

 

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved