फलोअप : सुन तस्करीमा संलग्न डिआईजीदेखि भन्सार कर्मचारी सम्म पक्राउको सूचीमा

  • प्रकाशित मितिः बैशाख , 5, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सनम हत्या काण्ड र सुन तस्करीको अनुसन्धान गरिरहेको गृहमन्त्रालयले पूर्व डिआईजी देखी उच्च तहका भन्सारका कर्मचारीहरु समेत संलग्न रहेको प्रारम्भिक खाका तयार पारेको छ।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा उच्च तहमा कार्यरत अधिकारी र व्यवसायीको सूची तयार गरेको हो। समितिले बुधबार (५ बैशाख) देखि संलग्न अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्ने तयारीसमेत गरेको छ।

गृह समितिले प्रारम्भिक खाकासहित पक्राउ सूचीका बिषयमा बुधबार गृहमन्त्री रामबहादुर थापा बादलसँग छलफलपछि पक्राउ अभियान थाल्ने स्रोतको दाबी छ।

गृहसमितिका अनुसार प्रहरीका अवकाशप्राप्त डिआईजीसहित बहालवाला एसएसपी, एसपी र डिएसपीको सुन तस्करीमा प्रत्यक्ष संलग्नता पुष्टि भएको छ। विमानस्थल र बिराटनगर भन्सार कार्यालयका अधिकारी समेतको तस्करीमा संलग्नता भेटिएको र उनीहरुले सुन भित्राउन र भारत पठाउन सहयोगी भूमिका खेलेको समेत पुष्टी भएको छ ।

यस्तै सुन तस्करीमा दुबईमा टुर्स एण्ड ट्राभल्स र नेपाली होटल संचालन गरी बसेका ४ जना प्रत्यक्ष रुपमा संलग्न छन्। उनीहरुलाई पक्रन समितिका सदस्य मंगलबार (४ बैशाख) त्यता जाने तयारी गरेपनि प्राविधिक कारणले ‘टिम होल्ड’ भएको छ।

सुन तस्करीमा मुख्य लगानीकर्ताका रुपमा म्याग्दी सदरमुकाम बेनीका एकजना प्रतिष्ठित ब्यापारी, दुबईमा रहेका नेपाली होटल संचालक र काठमाडौं लगायत देशभर र विदेशमा समेत शाखा बिस्तार गरेको एउटा रेष्टुरेन्टका संचालक देखिएका छन। काठमाडौंस्थित ख्यातिप्राप्त सुन पसलका संचालक समेत पक्राउको सूचीमा छन्।

स्रोतका अनुसार नेपाल एयरलाईन्स र थाई एयरवेजका कर्मचारीमात्र होइन, हिमालयन एयरलाईन्सका एकजना उच्च पदमा रहेका कर्मचारीको समेत तस्करीमा प्रत्यक्ष संलग्नता भेटिएको छ।

सुन तस्करी प्रकरण : सुचि सार्वजनिक भएको विषयमा गृहमन्त्रालयले छानविन गर्ने 

यस्तो थियो एक महिना अघि लेखिएको समाचार –एयरपोर्टवाटै आएको थियो सुन , सानु बमको मृत्युपछि खुल्यो रहस्य

प्रहरीमा नै विवाद , योजनामै भगाईयो गोरे

 गोरे गिरोह र सुन तस्करीको नालीबेली

 

 



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved