फलोअप : सुन तस्करीमा डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्यालसम्म अनुशन्धानको घेरामा

  • प्रकाशित मितिः बैशाख , 8, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करी र उर्लावारीका सनम शाक्यको हत्याका विषयमा अनुशन्धान गरीरहेको गृहमन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले अनुशन्धानको दायरा फराकिलो बनाउँदै लगेको छ ।

उर्लावारीका सनम शाक्यको त्रिभुवन विमानस्थल हुँदै भित्रिएको तस्करीको ३३ केजी सुन हराएको विषयमा भएको हत्याका विषयमा छानविन गरीरहेको समितिले अनुशन्धानको दायरा कसिलो र फराकिलो बनाउँदै लगेको हो । शाक्यको तस्करीका नाईके भनेर मानिएका चुणामणि उपे्रतीको समूहले धरानको निर्वाणा कन्ट्री क्लवमा राखेर दिएको यातनाका कारण मृत्यु भएको थियो ।

उनको मृत्यु सँगै तस्करीमा प्रहरी अधिकारीको भुमिका शंकास्पद देखिएको थियो । अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनी , डीएसपी प्रजित केसी , सई बालकृष्ण संजेल र एसपी नरेन्द्र उपे्रती लगायत महाशाखाका अधिकारी उनीहरुको भुमीकाकै कारण विवादमा तानिएका थिए ।
उनीहरुको शंकास्पद भुमिका मोरङ प्रहरीका एसपी अरुण कुमार बीसी र धरानका डिएसपी रामेश्वर पौडेल लगायतले गरेको प्रारम्भिक अनुशन्धानका क्रममा सतहमा आएको थियो । सतहमा अपराध अनुशन्धान महाशाखाका प्रहरी अधिकारीको भुमिका शंकास्पद देखिएपछि गृहमन्त्रालयले थालेको अनुशन्धानले धेरै प्रहरी अधिकारी यो प्रकरणमा तानिने भएका हुन् ।

महाशाखाका प्रहरी अधिकारी सहित छानविन समितिले ईटहरीका डीएसपी संजय राउत देखि पुर्व एआईजी बम भण्डारी र प्रकाश अर्यालसम्मलाई अनुशन्धानको घेरा भित्र राखेर अनुशन्धान थालेको स्रोतले जानकारी गराएको छ । छानविनको दायरामा ल्याईएका प्रहरी अधिकारीको पनि गोरे चुणामणि उपे्रती गिरोहसँग सम्बन्ध खुलेको स्रोतको भनाई छ ।

डीएसपी राउतको विमानस्थलमा कार्यरत रहेको बेला देखि गोरे गिरोहसँग सम्पर्क देखिएको स्रोतले जानकारी गराएको छ । गोरे गिरोहले धरानको निर्वाणामा राखेर दिएको यातनाका कारण मृत्यु भएपछि उनको शव ईटहरी ल्याएर एक दिन राखिएको र भोली पल्ट मात्रै विराटनगर लगेर मोरङ प्रहरीलाई बुझाएको विषयमा समेत डीएसपी राउतलाई बयान लिने तयारी भएको स्रोतको भनाई छ ।

गृहको छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई लिखित पत्र नै काटेर पुर्व आईजीपी प्रकाश अर्याल , एआईजी बम भण्डारी ,पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी संजय राउत लगायतका प्रहरी अधिकारीलाई छानविन समिति समक्ष उपस्थित गराउन आदेश दिएपछि यो प्रकरणले प्रहरी संगठनभित्र खैलाबैला मच्चिएको छ ।

गृहमन्त्री राम बहादुर थापा बादलले सुन तस्करी र यो प्रकरणमा नाम खुलेका जो कोही भएपनि कारवाहि गर्न आदेश दिएसँगै छानविन समिति अनुशन्धानको दायरा फराकिलो बनाउँदै अघि बढेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गत २१ पुष र ९ माघमा दुबैपटक भित्रिएको साढे ३३ किलो सुन तथा घटनामा जोडिएका १ जनाको हत्या र थप २ को शंकास्पद मृत्यु प्रकरण जोडिएका सबैलाई कारवाहि गर्ने तयारी भएको गृहमन्त्रीको निजी सचिवालयका एक सदस्यले जानकारी गराएका छन् ।

पुर्व आईजीपी प्रकाश अर्याल , एआईजी बम भण्डारी र डिआइजी निरौलाले २९ चैत्रमा नै अवकाश पाइसकेका छन् भने एसएसपी खत्री प्रहरी प्रधान कार्यालयमा, एसपी खनाल मकवानपुर प्रहरी प्रमुखका रुपमा र डीएसपी राउत ईटहरी प्रहरी प्रमुखका रुपमा कार्यरत रहेका छन् ।

प्रहरी रेकर्डमा २०७२–२०७३ मा विमानस्थल प्रमुख रहेका डिआईजी गोविन्द निरौला निरन्तर सुन तस्करीमा संलग्न गोरे गिरोहसँग सम्पर्कमा रहेको अनुशन्धानका क्रममा खुलेको स्रोतले जानकारी गराएको छ । उनकै कार्यकालमा गतवर्ष २१ पुषमा साढे ३३ किलो सुन केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको थियो।

सो समय विमानस्थलमा रहेका एसएसपी श्यामबहादुर खत्रीलाई कारवाही भएपनि उनले अदालतबाट सफाई पाई मुख्यालयमा कार्यरत थिए। त्यही समयमा विमानस्थलमा रहेका एसपी खनाल र डिएसपी राउत समेत अनुसन्धानमा तानिएका छन्।

गृहका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित ९ सदस्यीय समितिले सुन तस्करीमा प्रत्यक्ष संलग्न रहेका र उनीहरुलाई सहयोग गर्दै आएका प्रहरी, भन्सार अधिकारी, विमान कम्पनीमा कार्यरत उच्च तहका अधिकारी र व्यवसायीको सूची तयारै गरेर पक्राउ गर्न थालेको छ ।

यो पनि - सुन तस्करीमा संलग्न डीआईजी देखि भन्सार अधिकारीसम्म पक्राउको सुचिमा
यो पनि - सुचि सार्वजनिक भएको विषयमा गृहमन्त्रालयले छानविन गर्ने
यो पनि - एयरपोर्टवाटै आएको थियो सुन , सानु बनको मृत्युसँगै खुल्यो रहस्य
यो पनि - प्रहरीमा नै बिबाद योजनामै भगाईयो गोरे
यो पनि - गोरे गिरोह र सुन तस्करीको नालीबेली



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved