फलोअप : सुन तस्करीमा संलग्न पूर्व डिआइजी निरौला पक्राउ

  • प्रकाशित मितिः बैशाख , 9, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / उर्लावारीका सनम शाक्यको हत्या र विमानस्थलवाट गोरे गिरोहले तस्करी गरी ल्याएको भनिएको ३३ केजीको विषयमा छानविन गरीरहेको गृहमन्त्रालयको छानविन टोलीले पुर्व डीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेल नेतृत्वको छानविन समितिले पूर्व डिआइजी निरौलालाई आईतवार दिउँसो वानेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।

सुन तस्करीका नाईके मानिएका उर्लावारीका चुणामणि उपे्रती गिरोहले भित्राएको भनिएको सुनका विषयमा निरौला समेत कारवाहिको दायरामा तानिएका हुन् । उपे्रती गिरोहले भित्राएको सुन गायव वनाएको भन्दै उर्लावारीकै सनम शाक्यको धरानको निर्वाणा कन्ट्री क्लवमा राखेर दिएको यातनापछि मृत्यु भएको थियो ।

धरानको भानुचौकवाट शाक्यको शवसहितको गाडी नियन्त्रणमा लिएको भएपनि भोलीपल्ट मात्रै विराटनगरवाट सो गाडी नियन्त्रणमा लिएको बनाईएपछि अपराध अनुशन्धान महाशाखाका एसएसपी दिवश लोहनी , एसपी नरेन्द्र उपे्रती , डीएसपी प्रजीत केसी र सई बालकृष्ण संजेल सहितको भूमिका शंकास्पद देखिएपछि गृहमन्त्रालयले छानविन थालेको थियो ।

उपे्रती गिरोहको यातनाका कारण हालसम्म एकको हत्या ,एक वेपत्ता र दुई जनाको शंकास्पद मृत्यु भईसकेको छ । सोहि प्रकरणमा संलग्न देखिएको भन्दै ईटहरीका डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्मलाई छानविनको दायरामा राखेर अनुशन्धान भईरहेको छ । उनीहरु सवैलाई छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई लिखीत पत्राचार गरी छानविन समिति समक्ष उपस्थित गराउन भनेको थियो ।

पक्राउ परेका निरौला पुर्व आइजीपी प्रकाश अर्यालसँगै अवकाश पाएका थिए । पक्राउ परेका निरौलालाई बानेश्वर स्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । सनम हत्याकाण्डको छानविन गरीरहेको समितीले पक्राउ गरेकाको संख्या निरौलासँगै २० जना भएको छ ।

छानविन समितिले बाजेको सेकुवाका संचालक चेतन भण्डारी सहित थप २१ जनाको खोजी गरीरहेको छ भने पक्राउ परेकाको बयानका आधारमा थप व्यक्तिको नाम समेत खुलेको बताईएको छ ।

फेरियो तस्करीको शैली

सुन तस्करीमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पछिल्लो समयमा कडाई सुरु भएसँगै प्रहरी तथा भन्सार कर्मचारीको सेटिङ भत्किएपछि तस्करीमा संलग्नले नयाँ शैलीवात तस्करी गर्न थालेका छन् ।

प्रहरीले करिब एक करोड रुपैयाँ बराबरको सुनको झोल बरामद गरेपछि तस्करको नयाँ शैली पत्तो लागेको हो । भारतीय नागरिक महेश रामचन्द्रवाट १ किलो ९ सय ग्राम तरल सुन बरामद भएपछि तस्करले शैली फेरेर काम थालेको खुलेको हो । उनले कपडाको पेटी बनाएर तरल सुन ल्याएका थिए ।

विमानस्थलमा गृहमन्त्रीको निर्देशनमा कडाई गरेपछि केही दिनयता विमानस्थलमा हरेक दिन भारतीयहरु सुनसहित पक्राउ परिरहेका छन्।

यो पनि : डीएसपी संजय राउत देखि आईजीपी प्रकाश अर्यालसम्म अनुशन्धानको घेरामा
यो पनि : सुन तस्करीमा संलग्न डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा
यो पनि : खोजीमा रहेका व्यक्तिको नाम सार्वजनिक भएको विषयमा गृहमन्त्रालयले छानविन गर्ने
यो पनि : एयरपोर्टवाटै आएको थियो सुन , सानु बमको मृत्युसँगै खुल्यो रहस्य
यो पनि : प्रहरीमा नै विवाद योजनामै भगाईयो गोरे
यो पनि : गोरे गिरोह र सुन तस्करीको नालीवेली



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved