फलोअप – गोरे विरुद्ध डिफ्यूजन नोटिस जारी , यी हुन् गोरेवाट सहयोग लिनेहरु (नामसहित)

  • प्रकाशित मितिः बैशाख , 11, 2075
  • नवराज कट्टेल

विराटनगर / सुन कारोबारसँग जोडिएर उर्लावारीका सनम शाक्यको हत्यामा संलग्न भनिएका मुख्य आरोपि भएका उर्लावारीकै चुडामणी उप्रेती गोरे विरुद्ध इन्टरपोलमाफर्त ‘डि–फ्यूजन नोटिस’ जारी भएको छ ।  प्रहरीको अनुसन्धानमा रहेका र मुख्य आरोपि मानिएका व्यक्ति देश बाहिर रहेको सूचना भएपछि इन्टपोलमार्फत यस्तो नोटिस जारी गरिएको हो ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले घटनामा संलग्न भनिएका मुख्य आरोपी उप्रेती विरुद्ध नोटिस जारी भएको जानकारी दिए । नेपाल प्रहरीको सिफारिसमा इन्टरपोलले डिफ्यूजन नोटिस जारी गर्दछ । डिफ्यूजन नोटिस जारिसँगै अब कुनैपनि मुलुकमा लुकेर बसेको अवस्थामा गोरेलाई नियन्त्रणमा लिएर नेपाल पठाउने छ ।

सुन कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेर अनुसन्धानमा हालसम्म २६ जना पुगिसकेका छन् । प्रहरीको फरार सूचिमा रहेका २१ जना बाहेक नै नियन्त्रणमा पर्ने २६ जनामाथि म्याद थप गरि अनुसन्धानको प्रक्रिया चलिरहेकै छ ।

सुनको अवैध आयातको घटना गत फागुन १९ गते सनमको लास बरामदसँगै सार्वजानिक भएको थियो । विराटनगर–३ बाट स्करपीयो गाडिमा लुकाएर लैजादैं गरेको शाक्यको लाससहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएपछि सार्वजनिक भएको घटनाको अनुसन्धान फराकिलो बन्दै गएको छ ।

कता होलान् गोरे ? क–कसलाई गरेका छन् सहयोग ?
उर्लावारीमा दुईमहिना अगाडी भएको मेयरकप प्रतियोगितामा उर्लावारी–७ बाट फुटबल खेलेका गोरे मोरङ–११ फुटबल टिममा समेत कुनैबेला अनुबन्धित थिए । सुनको अवैध कारोबारसँगै हराएको सुनको सुराक खोज्ने क्रममा उर्लावारीकै सनम शाक्यको हत्यासँगै फरार रहेका गोरे कता छन् भन्ने प्रहरीलाई सूचना छैन ।

गोरेकी श्रीमती दुर्गा खरेल र भाई रमेश उप्रेती दुबईमा रहेपनि उनी चाँहि भारतमा रहेको आशंका प्रहरीले गर्दै आएको छ । गाउँमा रुपेश उपनामले चिनिएका गोरे पैसावाल हुन् तर उनीसँग आफ्नै नाममा सम्पति कति छ थाहा छैन । गोजीमा एकसय रुपैँया मात्रै बोक्ने गोरेलाई जहाँ जति जरुरी पर्दथ्यो त्यहाँ आवश्यक पैसा उनका सहयोगीले व्यवस्थापन मिलाउने गर्दथे ।

प्रहरीले नियन्त्रणमा लिइएका मध्ये एउटा गाडी सनम शाक्यको लाससँगै नियन्त्रणमा परेको थियो । उक्त गाडीसँगै मोहन काफ्ले समेत पक्राउ परेका थिए । त्यो गाडी काफ्लेकै नाममा छ । यसैगरी अर्को गाडी भने धुलाबारीस्थित एक बैंकको नाममा छ ।

सुन नेपाल आएसँगै एयरपोर्टबाट हराएपछि सुराककै क्रममा रहेका बखत काफ्लेको घरमा लागेको पुराणमा गोरेले पुराण बाचक पण्डित सुमन खनाललाई दुईवटा सुनको औंठी लगाई दिएका थिए । दैनिक भजनकिर्तनमा संलग्न मण्डलीलाई ३० हजार प्रतिदिन दिइएका थिए ।

उर्लावारी–७ मा भएको घर समेत आफ्नो नाममा नराखेका गोरेले मोहन काफ्लेकै नाममा रहेको एउटा गाडी उर्लावारीस्थित पशुपति बोर्डिङ्गका सञ्चालक एवं काँग्रेसका जिल्ला नेता बिजय कार्कीले चढ्दै आएको बताइन्छ । नेपाली काँग्रेसका नेता डिकबहादुर लिम्बूको गाडी समेत उनै गोरेले दिइएको भन्ने सूचना बाहिर आएको छ ।

एक वर्षको अवधी भित्र भएका तीन निर्वाचनमा स्थानीय तहको निर्वाचनमा उर्लावारीका मेयर खड्ग फागोलाई प्रचार–प्रसारमा सहयोग गरेका थिए । संसदीय निर्वाचनमा त्यसै क्षेत्रबाट उठेका एमाले उमेदवार घनश्याम खतिवडालाई समेत दुईलाख नगद गोरेले सहयोग दिइएको बताइन्छ ।

प्रहरीले गोरेसँग सम्बन्ध देखिएका र प्रहरी नियन्त्रणमा परेका सबै व्यक्तिहरुको नाममा रहेको गाडीको विवरण यातायात कार्यालयबाट झिकाउने प्रक्रिया थालिसकेको छ । उनकै नाममा रहेको वा त्यहि कारोबारमा संलग्न देखिएका व्यक्तिको नाममा रहेका गाडीहरुको विवरण मागिएको प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताउनुभयो ।

डीएसपी संजय राउत हेडक्वाटर तानिए

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी संजय राउत सुन तस्करी प्रकरणमा मुछिएपछि अनुशन्धानको लागि गृहमन्त्रालयको छानविन समितिको आदेशमा हेडक्वाटर तानिएका छन् । सुन तस्करी र गोरे गिरोहका विषयमा छानविन गरीरहेको समितिले डीएसपी राउत त्रिभुवन विमानस्थलमा रहेको समयमा भएको सुन तस्करीको विषयलाई लिएर हेडक्वाटर तानिएका हुन् ।

उनलाई गृहको समिति समक्ष बुझाउन भन्दै छानविन समितिले प्रहरी प्रधान कार्यालयलाई लिखित पत्राचार नै गरेर आदेश दिएको थियो । डीएसपी राउतसँगै चितवनमा रहेका एसपी विकासराज खनाल र काडमाण्डौमा रहेका एसएसपी श्याम बहादुर खत्री पनि हेडक्वाटर तानिएको गृहमन्त्रालय स्रोतले जानकारी गराएको छ ।

यो प्रकरणले ठुलो रुप लिएसँगै पुर्व आईजीपी उपेन्द्रकान्त अर्याल , पुर्व आईजीपी प्रकाश अर्याल र एआईजी बम भण्डारी लगायतका प्रहरी अधिकारी पनि छानविनको दायरामा ल्याउने गृहको समितिले तयारी गरेको बुझिएको छ ।

मष्ट वाटेन्ड सुन तस्कर पक्राउ
सुन तस्करी मुद्दामा फरार रहेकी चिनियाँ महिला विमानस्थलवाट पक्राउ परेकी छिन्। सिआईवीको मष्ट वान्टेडको सुचिमा रहेकी जे झोङ मंगलबार दिउँसो विमानस्थलवाट पक्राउ परेकी हुन् । एयर एसियबाट काठमाडौं आएकी उनलाई सिआईवीको आग्रहमा अध्यागमनले व्लाकलिष्टमा राखेको थियो ।

उनी व्लाकलिष्टमा रहेको खुलेपछि प्रहरीको जिम्मा लगाईएको बताईएको छ । सुन तस्करीमा संलग्न रहेकी उनको सिआईवीले डेढ वर्ष देखि खोजी गरिरहेको थियो । पटक – पटक वरामद भएको सुन तस्करीका घटनामा उनी संलग्न रहेको बताईएको छ ।

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे
यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved