फलोअप – एसपी खनाल र डिएसपी राउतलगायतका प्रहरी अधिकारीमाथि कर्तब्य ज्यान र संगठित अपराध मुद्दा

  • प्रकाशित मितिः बैशाख , 13, 2075
  • पहिलो किताब संवाददाता

इटहरी / सुन तस्करी र उर्लावारीका सनम शाक्यको हत्याको विषयमा छानविन गरीरहेको गृहमन्त्रालयको छानविन समितिले बहालवाला प्रहरी अधिकारीमाथि पनि कर्तब्य ज्यान र संगठित अपराधको अभियोगमा मुद्दा चलाउने भएको छ ।

हालसम्म पक्राउ परेका एसपी बिकासराज खनालसहितका प्रहरी अधिकारीमााथि अनुशन्धानका लागि जिल्ला अदालत मोरङवाट म्याद थप गर्ने क्रममा सोहि अभियोगमा म्याद थप भएपछि पक्राउ परेकामाथि एकै प्रकृतिको कारवाहि हुने निश्चित भएको हो ।

सुन तस्करी र गोरे गिरोहसँग सम्वन्ध देखिएकाले बहालवाला प्रहरी अधिकारीमाथि पनि सोही मुद्दामा कारवाहि अघि बढाईएको छानविन समिति स्रोतले जानकारी गराएको छ । जिल्ला अदालत मोरङले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

त्यसैगरी गृहमन्त्रालयवाटै बयानका क्रममा फरार भई विहिवार छानविन समितिको सम्पर्कमा पुगेका डिएसपी सञ्जय राउतलाई पनि अदालतले सोहि मुद्दामा छानविनका लागि ६ दिन हिरासतमा राख्न म्याद दिएको छ । अदालतले सई बालकृष्ण सञ्जेल र गजेन्द्र रावललाई समेत थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद दिएको छ।

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved