फलोअप – सुन ‘गोरे’ भान्जाका मामा तानिएका–तानिएै : मुख्य लगानीकर्ता गुरुङ र अग्रवाल , जोगबनीबाट भागेका थिए गोरे

  • प्रकाशित मितिः बैशाख , 13, 2075
  • नवराज कट्टेल

विराटनगर / सुन कारोबारको आरोपमा मुछिएका नेपाल प्रहरीका सबै उच्च अधिकृतदेखि अन्य प्रहरी सदस्य समेतका भान्जा थिए मुख्य कारोबारी चुडामणी उप्रेती ‘गोरे’ । उनले आफ्नो सम्पर्क डायरीमा लेखिएको नामका अगाडी सबैलाई मामा लेखेका छन् । प्रहरीका अधिकांश व्यक्तिलाई गोरेले मामा बनाउने र त्यसको सम्बन्धले सुनको अवैध कारोबार गर्ने गरेको देखिएको छ ।

गोरेले मोवाइलमा सम्पर्क नम्बरको लागि लेखिएको नाममा समेत अगाडी मामा भनेर उल्लेख गरिएको देखिएको छ । हालसम्म प्रहरीका अवकाश प्राप्त डिआईजी बिनोदकुमार निरौला, प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउत, सई बालकृष्ण सञ्जेल, जवान संजीव शाक्य प्रहरी नियन्त्रणमा परिसकेका छन् । बाँकी जोडिएका दिवस लोहनी र प्रजित केसी समेत निगरानीमा राखिएका छन् ।

उनीहरुसहित अन्य प्रहरी अधिकारी समेत जोडिने संभावना देखिएको यो घटनाका मुख्य आरोपि गोरे फरार छन् । उनका मामाहरु भने धमाधम मामाहरुकै नियन्त्रणमा पर्दै गएका छन् । पक्राउ परेका सबै विरुद्ध संगठित अपराध, अपहरण तथा कर्तव्य ज्यान सम्बन्धि मुद्दा दायर भएको छ ।

मुख्य लगानीकर्ता गुरुङ र अग्रवाल
प्रहरीले सुरुकै दिन फागुन १९ गते नियन्त्रणमा लिईएका मोहन काफ्ले, कृष्ण कार्की र टेकराज मल्लको बयानबाट सुन काण्डमा जोडिएका व्यक्तिको फेहरिस्त खुल्दै जाँदा प्रक्राउ परेका भुजुङ गुरुङ र अर्का भारतीय नागरिक मोहनकुमार अग्रवाल अवैध सुन कारोबारका मुख्य लगानीकर्ताको रुपमा देखिएका छन् । त्यसको चाँजोपाँजो मिलाउने व्यक्ति भने गोरे हुन् ।

उर्लावारीका सनम शाक्यको हत्यासँगै फेला परेको लासपछि तानिएको लहरो भने अझैसम्म तानिएको तानिएै छ । समन हत्यासँगै क्षेत्राधिकार बाहिर मोरङ–सुनसरी आएको अपराध अनुसन्धान महाशाखाको टोलिका कारण धेरै कुरा सार्वजानिक हुन मद्दत भने मिलेको छ । यद्यपी उसको भूमिका बारे अहिलेसम्म प्रष्ट खुल्न सकेको छैन ।

सिराहामा घटना भएको भन्ने कुराले अपराध अनुसन्धान महाशाखा घटनामा जोडिएको देखिन्छ । त्यस बाहेक सुन ल्याउनका लागि विभिन्न कालखण्डमा विभिन्न जिल्लाका प्रहरी उच्च अधिकारीसँग माग्ने सहयोग र गरिएको संवाद नै आशंकाको त्यान्द्रो बनेर तानिएको छ ।

मुख्य लगानीकर्ता भुजुङ गुरुङले धेरै दिनसम्म नबोल्दा अनुसन्धानको प्रक्रिया लम्बिएपनि प्रहरी नियन्त्रणमा परेका अन्य व्यक्तिसँगै राखेर लिइएको बयानमा उनले स्वीकार गरेका छन् ।
जोगबनी नाकाबाटै भागेका थिए गोरे

सनमको हत्या भएको उर्लावारीस्थित कान्छी चौक नजिकै रहेको स्थानमा गोरे, अर्का मोहमद उस्ताम मिया (रुस्तम)सहित ७–८ जना व्यक्ति त्यहाँ थिए । रुखमा बाँधेर सनम, कृष्ण कार्की र मोहन काफ्लेलाई निर्घात कुटपिट गर्नेदेखि करेन्ट लगाउने काम त्यहाँ भएको थियो ।

यतिसम्मकी आफूलाई अर्काले र अर्कालाई आफूले करेन्ट लगाउनेदेखि कुटपिटमा समेत त्यसै गर्नुपर्ने बाध्यता तीनजनाबीचमा थियो । यतिकै क्रममा समनको मृत्युभयो । मृत्युपछि गोरेले अपराध अनुसन्धान महाशाखामा फोन गरेका थिए ।

लाससहित धरानको निर्वाणा कन्ट्रीमा पुगेपछि त्यहाँ समेत काफ्लेलाई यातना दिइएको थियो । निर्वाणा कन्ट्रीमा नेपाल एयरलाइन्सका पुण्य तामाङमाथि समेत निर्घात कुटपिट गरेर राखिएको थियो । अर्का कर्मचारी लालबहादुर तामाङलाई समेत ल्याएर राखिएको थियो । तर, उनीहरुलाई एकदिनको फरकमा काठमाण्डौं फर्काएपछि मात्रै सनमको लाससहित काफ्ले, कार्कीलाई त्यहाँ पु¥याइएको थियो ।

त्यस अवधीमा गोरेले लाक्पा शेर्पालाई फोन गरेर जोगबनी नाकामा गाडीको प्रवेशाज्ञा लिन पठाईसकेका थिए । शेर्पाले गाडीको प्रवेशाज्ञा लिएपछि उनैले चलाएको गाडी चडेर गोरे जोगबनी पुगे, लाक्पालाई फर्काएर आफू अर्कै गाडीबाट भारत भागे ।

उनीसँगै भएकामध्ये मोहमद उस्ताम मिया (रुस्तम)सहित अर्का एक व्यक्ति भने काठमाण्डौं हुँदै बिरगञ्ज पुगेर त्यो नाकाबाट भारत गएको प्रहरीले आशंका गरेको छ । गाडी चलाउने लाक्पालाई प्रहरीले झापा चारआलीबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकै छ ।

कसरी हरायो सुन ?
नियन्त्रणमा परेका विभिन्न व्यक्तिले प्रहरीसँग गरेको बयानका आधारमा सुनको नेक्सस धेरै स्थानमा जोडिएको छ । तर, सुन कहाँ छ भन्ने अहिलेसम्म कुनै आधार खुलेको छैन ।  बयान अनुसार : दुबईबाट त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै फोहोरको रुपमा सुन काठमाण्डौं भित्रिएको थियो ।

दुबई फ्लाई र थाईएयर भित्र रहेको शौचालयमा एउटा ‘भ्याकुम बक्स’ मा राखेर सुन नेपाल भित्रन्छ । त्यसलाई सफाई कामदारले फोहोरको रुपमा बाहिर ल्याउँछन् । पछिल्लो सुन समेत त्यसैगरी बाहिरिएको खुल्दै गएको छ ।  त्यो सुन ल्याउनका लागि सानु बनको चलाख्याँई बढी देखिन्छ ।

सनमले रिसिभ गर्नुपर्ने सुन उसको हातमा नपर्दै बनसहित पुण्य तामाङको टिमले लिएर निस्केको थियो । सुन ल्याउन प्रयोग गरिने बाईकमा समेत विशेष ‘भ्याकुम बक्स’ बनाईएको थियो । सानो हात भएका पुण्य तामाङले स्कूटी हाँकेका थिए । तामाङले बाईकमा भएको भ्याकुम बक्सको सानो प्वालबाट त्यो सुन प्रायः झिक्थे ।

कहिले रत्नराज्य र कहिले अनामनगरको एउटा घरमा सुन पुग्थ्यो । तर, भित्र पस्न कोहि पाउँदैनन् थिए । उनीहरुले कसैलाई पनि देख्दैनन् थिए ।  त्यो दिन सुन भएको मोटरसाइकल थाई एयरका मेकानिकल हेल्पर बनले हाँकेका थिए । अनामनगर आसपासमा आउँदा बन तामाङ भन्दा पछाडी परे । त्यहि बेला उनले आफ्नो मोटरसाइकल लुटेर अरु कसैले भागेको खबर पुण्य तामाङसहितको टिमलाई दिए ।

त्यसपछि मच्चिएको सुनको खैलाबैला सनममा पुगेर ठोकियो । काठमाण्डौंमै आफ्नी गर्लफ्रेण्डसँग रहेका भनिएका सनमले गोरेलाई उर्लाबारी रहेको भनेपछि उनीमाथि आशंका गरिएको थियो । तर, सुन गायब भएसँगै सानु बन भने आफ्नी दुई श्रीमतीसहित सात दिन बेवत्ता भएर फेरि विमानस्थलमा साविकको काममा फर्के ।

त्यतिबेला गोरे, सनम, मोहन काफ्ले र कार्कीसहितको एउटा टिम पुनः बनसम्म पुगेर सुनको खोजिका लागि सहयोग गर्न भनेपछि बन मारिए । बनलाई मारिएको भनिएपनि सिसी टिभी फुटेजमा उनले तीन पटकसम्म सवारी साधन हेरेर तिव्रगतिमा आएको टयाङ्करको पछाडीको चक्काको भागमा छिरेको देखिएको अनुसन्धान अधिकारीको दावी छ ।

 

 

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved