फलोअप – सुटुक्क भेटे डिआईजी शाहले हिरासतका आरोपी , भेटपछि लागे काठमाण्डौ

  • प्रकाशित मितिः बैशाख , 14, 2075
  • पहिलो किताब संवाददाता

विराटनगर / सुन तस्करी र सनम हत्याकाण्डको छानविन गरीरहेको छानविन समितिलाई समेत थाहा नै नदिकन प्रदेश नम्बर १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ज्ञानबिक्रम शाहले अवैध आयात भएको सुन कारोबारमा जोडिएका आरोपित प्रहरीसँग गोप्य भेटघाट गरेका छन् ।

अवैध सुन कारोबार र भरिया भनिएका सनम शाक्य हत्यासँग जोडिएर मोरङ प्रहरीको हिरासतमा रहेका अवकाश प्राप्त डिआईजी गोबिन्द निरौला, वहालवाला प्रहरी उपरीक्षक बिकासराज खनाल, प्रहरी नायव उपरीक्षक सञ्जय राउतसँग डिआईजी शाहले शुक्रबार भेटेका हुन् ।

संगठित अपराध, मानव अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरि अनुसन्धानको दायरामा रहेका आरोपितसँग शाहले भेटेका थिए । मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीको कार्यकक्षमा उनीहरुलाई बोलाएर गोप्य छलफल गरेपछि उनी भने काठमाण्डौं लागेका छन् ।

मोरङका प्रहरी उपरीक्षक बिसी भने कार्यकक्षमा थिएनन् । डिआईजीको भेट बारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक बिष्णुहरी कोइराला र निशान थापाले भने आफूहरुलाई जानकारी नभएको जिकिर गरेका छन् ।

तर, डिआईजीलाई घटनाको विषयमा ब्रिफिङ गर्ने र उनीहरुसँगै भेटघाटमा भने थापा समेत थिए । प्रवक्ता समेत तोकिएका कोइरालाले भने त्यो घटनाको अनुसन्धान भईरहँदा त्यससँग सम्बन्धित कुनै विषय जानकारी नभएको दावी गरे ।

रहस्यमय तरिकाले गरिएको भेटघाट लुकाउनुको अर्थ भने बुझ्न सकिएको छैन । कार्यकक्षमा एसपी बिसी नरहेको बखत सुटुक्क पुगेर डिआईजीले आरोपितलाई भेटेसँगै अनुसन्धान प्रक्रिया फितलो हुनसक्ने भन्दै प्रहरी संगठनको तल्लो तहमा रहेका प्रहरीहरुले भने आश्चर्य व्यक्त गरेका छन् । उनीहरुले झण्डावालाहरुले जे गर्दा हुने भन्दै भेटघाटप्रति प्रश्न चिन्ह उठाएका हुन् ।

 

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved