फलोअप–शंकास्पद दिशामा अनुशन्धान , आफैं आए केसी

  • प्रकाशित मितिः बैशाख , 15, 2075
  • नवराज कट्टेल

विराटनगर / सुन काण्डमा सर्वाधिक शंकास्पद मानिएका अपराध अनुसन्धान महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रजित केसी मोरङ प्रहरीमा आफैं उपस्थित भएका छन् । गृहमन्त्रालयले गठन गरेको छानविन समितिको पटक–पटक बयानमा संलग्न भईसकेका डिएसपी केसी मोरङ प्रहरीमा शुक्रबार हाजिर भएका हुन् ।

उर्लावारी–७ का सनम शाक्यको हत्या र त्यो हत्यामा जोडिएका चुडामणी उप्रेती गोरको बारम्बार सम्पर्कमा रहेका सई बालकृष्ण सञ्जेललाई नियन्त्रणमा लिएर संगठित अपराध तथा अपहरण र कर्तव्य ज्यानमा म्याद थप अनुसन्धान भईरहेको छ । उनै सञ्जेलको ब्रिफिङका आधारमा उक्त घटना बुझ्न भन्दै सुनसरीको धरान आएका डिएसपी केसी भने आफैं जिल्ला प्रहरी कार्यालय मोरङको सम्पर्कमा आएका हुन् । उनलाई नबोलाई आफैं उपस्थित भएपछि भने यो विषयलाई फरक कोणवाट हेर्न थालिएको छ ।

प्रदेश प्रहरी प्रमुख डीआईजी ज्ञान बिक्रम शाहले आरोपी प्रहरी अधिकारीलाई गोप्य भेटेर काठमाण्डौ गएकै भोलीपल्ट डीएसपी केसी आफै प्रहरी कार्यालय आएको विषय भने शंकास्पद रहेको प्रहरीकै अधिकारी बताउन थालेका छन् । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकारी भन्छन् – अघिल्लो दिन आरोपी प्रहरी सँग डीआईजीको भेट भयो भोली पटक संदिग्ध प्रहरी अधिकारी आफैं कार्यालयमा आउँछन् । यसमा शंका गर्ने प्रशस्त ठाउँ छ ।

उनले अहिलेसम्म आफूलाई मातहतका प्रहरीको ब्रिफिङले अफ्ठ्यारो पारेको बताउँदै आएका छन् । तल्लो तहका प्रहरीको ब्रिफिङ मानेर शाक्यको मृत्यु भएको घटनास्थलको गलत ब्रिफिङ गरेका उनी अहिलेसम्म सर्वाधिक शंकामा रहेका व्यक्ति भएपनि पक्राउ भने परेका थिएनन् । पक्राउ पर्ने आशंका गरीएका केसी आफैं सम्वन्धित जिल्लाको प्रहरी कार्यालयमा नवोलाई आफै उपस्थित भएपछि यो प्रकरणमा ट्वीष्ट आउने आशंका समेत गरीएको छ ।

मोरङ प्रहरीमा आफैं आएका केसीले आफूलाई आफ्नै मातहतमा रहेका सञ्जेलले दिएको ब्रिफिङ प्रहरी उपरीक्षक दिवस लोहनीलाई बताएपछि आफूलाई घटनास्थल जान अनुमति दिइएको बताउँदै आएका छन् । लोहनीले समेत आफूले मातहतका प्रहरी अधिकृतले दिइएको ब्रिफिङ मानेर तत्कालिन आईजी प्रकाश अर्यालको अनुमतिमा घटना भएको क्षेत्रतर्फ प्रहरीलाई पठाएको बताउँदै आएका छन् ।

केसी विरुद्ध अहिलेसम्म म्याद थप गरि अनुसन्धानको प्रक्रिया भने सुरु गरिएको छैन । आइतबार म्याद थप गरि अनुसन्धान थालिन सक्ने संभावना भने जिवितै रहेको छ । केसी सुनको अवैध आयातमा जोडिएका हुन् वा हैनन् भन्ने विषय अहिलेसम्म नखुलेपनि उनले घटनास्थल सिराहा रहेको भन्दै सार्वजानिक गरेको ब्रिफिङ उनीमाथिको मुख्य आशंको रुपमा हेरिएको विषय हो ।

घटना मोरङको उर्लावारीस्थित कान्छि चौकमा भएको भनि नियन्त्रणमा परेकामध्ये पाँचजनाको बयानले खुलाई सकेको छ । उनीहरुबाट प्राप्त प्रमाणले घटना मोरङ नै भएको पुष्टि भएको छ । तर, मुख्य आरोपी गोरेले अपराध अनुसन्धान महाशाखाका सई सञ्जेललाई सिराहामा शाक्यको मृत्यु भएको बताउँदै त्यसबाट उम्कन भारतीय डाकाले मारेको भन्दै उम्कने दाउपेज सुनाएको बयानमा खुलिसकेको छ । त्यसको जिम्मेवारी लिन संलग्नमध्येका टेकराज मल्ल तयार भईसकेका थिए ।

तर, मल्लले ५० लाख रुपैयाँ लिएर घटनाको जिम्मा लिन खोजेपनि हराएको सुनको सुराकमा शाक्य जस्तै धेरै याताना बेहोरेका मोहन काफ्ले र कृष्ण कार्कीले त्यस विषयमा बोल्न नसक्ने भएपछि गोरे आफैले फोन गरेर शाक्यको मृत्युको खबर महाशाखामा गराएका थिए । शाक्य मृत्युको खबरसँगै क्षेत्राधिकार बाहिर आएर सर्चमा लागेका डिएसपी केसी र सञ्जेलको गोरेसँग मिलेमतो हुन सक्ने आशंका सर्वाधिक रहेपनि केसी आफैंको उपस्थितिले उनी बच्न सक्ने देखिन्छ ।

प्रहरीले समेत केसीसहित लोहनीलाई बचाएर लाने राजनीतिक नेतृत्वको लाइन पाईसकेको बुझिएको छ । महाशाखाका लोहनी भने अहिलेसम्म पनि आएका छैनन् । तर अदालतमा अभियोग दर्ता गराउने बैशाख १९ गतेसम्ममा उनी समेत आउने बुझिएको छ ।

सुनको अवैध कारोबार र त्यसैमा जोडिएको शाक्यको हत्यासँग हालसम्म प्रहरीका अवकाश प्राप्त डिआईजी गोबिन्द निरौला, एसपी विकासराज खनान, सई बालकृष्ण सञ्जेलसहित अर्का संजीव शाक्य प्रहरी हिरासतमा रहेका छन् । त्यस बाहेक सई गजेन्द्र रावल भने बयानपछि निर्दोष देखिएपछि कार्यक्षेत्र फर्केका छन् । वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री फरार रहेको भनिएको छ ।

यो पनि – जोगवनी नाकावाटै यसरी भागेका थिए गोरे

यो पनि – प्रहरीमै विवाद योजना मै भगाईयो गोरे

यो पनि – एसपी खनाल र डीएसपी राउतसहित बहालवाला प्रहरीलाई पनि कर्तब्य ज्यान र संगठीत अपराध मुद्दा

यो पनि – सुटुक्क भेटे डीआईजी शाहले आरोपी प्रहरी अधिकारीलाई

यो पनि – एसएसपी अझै सम्पर्कमा आएनन्

यो पनि – गोरेविरुद्द डिफ्युजन नोटीस जारी , सहयोग गर्नेको सुचि सहित

यो पनि – यसरी एयरपोर्टवाट आएको सुनलाई केरुङवाट आएको बनाउन खोजीयो 
यो पनि – गिरोहका संलग्नको नाम सार्वजनिक गरेर भगाईयो 
यो पनि – गोरे गिरोह , सुन तस्करीको नालीवेली
यो पनि – डीएसपी संजय राउत देखि पुर्व आईजीपी प्रकाश अर्याल सम्म छानविनको दायरामा
यो पनि – पुर्व डिआईजी निरौला पक्राउ 
यो पनि – सई सहित थप तीन जना पक्राउ
यो पनि –डीआईजी देखि भन्सार अधिकारी सम्म पक्राउको सुचिमा



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: pahilokitaab@gmail.com

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilokitaab.com All rights reserved