इनरुवाका गजमेर करोडौं ठगीको आरोपमा पक्राउ

  • प्रकाशित मितिः असार, 1, 2075
  • पहिलोकिताव संवादताता

इटहरी / काठमाण्डौको बालुवाटारस्थित कालिका टावरमा रहेको ‘माई इन्भेस्टमेन्ट लिमिटेड’ नामक कम्पनीका संचालक समेत रहेका सुनसरीको इनरुवाका अनिल गजमेरले कम्पनीको नाममा करोडौँ रुपैंया ठगी गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ ।

कम्पनीमा लगानीका लागि भन्दै सार्वजनिक सुचना नै जारी गरेर गजमेरले ४ सय भन्दा वढि मान्छेबाट ५ लाख देखि ५० लाख सम्म संकलन गरेर ठगी गरेको प्रारम्भीक अनुशन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख समेत रहेका डीएसपी मोहन थापाले सर्वसाधारणलाई झुक्याएर गजमेरले कानुन विपरीत लगानी गर्न भन्दै सर्वसाधारणवाट करोडौं रुपैंया ठगी गरेको अनुशन्धानका क्रममा भेटिएको र थप अनुशन्धान जारी रहेको बताएका छन् ।

सुनसरीको इनरुवा नगरपालिका–१ का स्थायी बासीन्दा रहेका गजमेरले सर्वसाधारणलाई २५ प्रतिशत ब्याज दिने भन्दै सहमति गरेर रकम संकलन गरेको पाईएको प्रहरीले जानकारी गराएको छ । सर्वसाधारणसँग लेनदेन गर्दा मुलुकी ऐनको महलमा भने १० प्रतिशत भन्दा बढी ब्याज लेनदेन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ ।

प्रहरीले कम्पनी दर्ता गरेकै भरमा गजमेरले नेपाल राष्ट्र बैङ्क सहित अन्य सरकारी निकायको अनुमती नै नलिकन सर्वसाधारणवाट करोडौ रुपैंया संकलन गरेर ठगी गरेको देखिएको जनाएको छ ।

सर्वसाधारणलाई महँगो व्याज र मुनाफाको लोभ देखाएर गजमेरले कानुन मिचेर नगद संकलन गरी ठगी गरेको भन्दै पिडीतले दिएको जाहेरीका आधारमा अनुशन्धान अघि वढाईएको प्रहरीले बताएको छ ।

करोडौं रुपैंया ठगीमा संलग्न गजमेर यसअघि पनि गत जेष्ठ ६ गते पक्राउ परि ठगी रकम फिर्ता गरेको आधारमा रिहा भएका थिए । उनी विरुद्द मेनपावर व्यवसायी राधिका कटुवालले प्रहरीमा जाहेरी दिएपछि उनी पक्राउ परेका थिए ।

गजमेरले ‘सेयर र ब्याजको लोभ देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्दै पिडीतले महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखामा उजुरी दिन थालेका छन् । उनले ठगेका मध्ये अधिकाँस दलित समुदायकै व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

सर्वसाधारणलाई विभीन्न आश्वासन र लोभ देखाएर रकम संकलन गरेका गजमेरले आफुलाई प्रहरीले दुख दिएको भन्दै गृहमन्त्री राम बहादुर थापा सँग उजुरी गर्दै प्रहरीमाथि कारवाहीको माग गरेपछि गृहमन्त्रीकै निर्देशनमा प्रहरीले गजमेरका विषयमा थप अनुशन्धान अघि वढाएको बुझिएको छ । 

गृहमन्त्रीले गजमेरको कम्पनी र उनको कारोवारको विषयमा अध्ययन गरेर कारवाही अधि वढाउन आदेश दिएपछि प्रहरीले उनी विरुद्द अनुशन्धान गरीरहेको थियो ।
प्रहरीको अनुशन्धान जारी रहेकै समयमा गजमेरवाट ठगिएका सर्वसाधारणले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गरी उनका विषयमा थप अनुशन्धान र कारवाही अघि बढाएको बुझिएको छ ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilokitaab.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

मल्टिमिडियाः प्रमिला दुलाल

संवाददाताः आयुशा कोईराला

Copyright © 2017 - Pahilokitaab.com All rights reserved