दुई अर्ब भारतीय रुपैयाँको वैवाहिक कार्यक्रम

  • प्रकाशित मितिः असार, 17, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / भारतको उत्तराखण्डको अउली नगरको गुप्ता परिवारले आफ्ना छोराहरूको वैवाहिक कार्यक्रममा दुई अर्ब खर्च गरेका छन् । दक्षिण अफ्रिकी मूलका भारतीय व्यापारी अजय गुप्ता र अनिल गुप्ताका दुई छोराको बिहेमा सो रकम खर्च भएको भारतीय सञ्चार माध्यमले लखेको छन् । गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो ।

अजय गुप्ताका छोरा सूर्यकान्तको विवाह जुन १८ देखि २० सम्म भएको थियो भने अतुल गुप्ताका छोरा शशांकको विवाह २० देखि २२ जुनसम्म भएको थियो । वैवाहिक कार्यक्रमका क्रममा करिब तीन सय क्विन्टल फोहोर थुप्रिएकोे थियो । जोशी मठ नगर निगमका सफाइ कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित इलाका सफा गरिएको जानकारी दिए ।

गुप्ता परिवारका सदस्य अजय गुप्ताले विवाहका क्रममा जम्मा भएको फोहोर सफाइका लागि भारतीय रुपैयाँ ५४ हजार नगद निगमलाई भुक्तानी गरेका थिए । नगरका विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाइ कर्मचारी खटाएको पनि नगर निगमले जनाएको छ ।

उत्तराखण्ड उच्च अदालतले जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन आदेश दिएको छ । विवाह समारोहमा मुख्यमन्त्रीहरू, नायिका कट्रिना कैफ, योगगुरु बाबा रामदेवसमेतका विशिष्ट पाहुना सहभागी भएका थिए ।



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved