आठ घण्टापछि सामान्य अवस्थामा फर्किसके फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप

  • प्रकाशित मितिः असार, 19, 2076
  • पहिलो किताब संवाददाता

एजेन्सी / सोसल मिडिया एप्स फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप लगभग आठ घण्टाको गडबडीपछि ठिक भएको छ । यी एप्स पूर्ण रुपमा ठप्प त थिएनन् तर केही फिचरमा समस्या देखिएको थियो । फेसबुकले अब यो समस्या हटिसकेको जानकारी दिएको छ ।

विशेषगरी यी एप्समा तस्बिर र भिडियो पठाउन समस्या थियो भने यी अपलोड पनि भइरहेका थिएनन् । फेसबुक वेबसाइट र एपका न्यूजफिडमा केही तस्बिर लोड हुन सकिरहेका थिएन र इन्स्टाग्राममा पनि यस्तै समस्या देखिएको थियो ।

आठ घण्टासम्म रह्यो समस्याः
केही प्रयोगकर्ताले फेसबुकमा केही तस्बिर, भिडियो वा अन्य डेटालाई एप वा वेबसाइट दुबै तर्फबाट एक्सेस हुन नसकेको बताएका थिए । यस्तै गरी इन्स्टाग्राममा स्टोरिज हेर्न समस्या भइरहेको थियो र केही तस्बिर लोड हुन सकेका थिएनन् । फेसबुकले ट्वीट गरेर यसबारे आफूलाई थाहा भएको र यसमाथि काम भइरहेको जानकारी दिएको थियो ।

फेसबुक र इन्स्टाग्राममा केही तस्बिर राम्रोसँग लोड भइरहेका थिएनन् । कतिलाई फेसबुक मेसेन्जरमा मेसेज हेर्न पनि समस्या भइरहेको थियो । तर आठ घण्टापछि नेपाली समयानुसार बिहिबार बिहान पाँच बज्नै लाग्दा फेसबुकले ट्वीटर गरेर समस्या सुल्झाएको जानकारी दिएको छ ।

फेसबुकले लेखेको छ, ‘केही मानिसहरु र बिजनेसलाई हाम्रो एप्स र प्लेटफर्ममा तस्बिर, भिडियो र अन्य फाइल पठाउन समस्या भयो । यो समस्या सुल्झाइएको छ । हामी कुनै पनि प्रकारको असुविधाका लागि खेद प्रकट गर्छौं ।’



पहिलो किताब मिडिया प्रालिद्वारा सञ्चालित

कम्पनी दर्ता नं. १७८०४९/०७४/७५

स्थायी लेखा नं. ६०६८५३१८१

सूचना विभाग दर्ता नं. ६००/०७४/७५

प्रेस काउन्सिल दर्ता नं. ८१०/२०७४/०७५

इटहरी उपमहानगरपालिका, सुनसरी

मोबाइल नं.: ९८५२०६३५३७

इमेल: [email protected]

वेबसाइट: www.pahilopustak.com

प्रबन्ध निर्देशकः चन्द्रमणि कट्टेल

प्रधान सम्पादकः नवराज कट्टेल

व्यवस्थापकः प्रिया पौडेल

डेक्स सम्पादकः आयुशा कोईराला / गोपाल तामाङ

Copyright © 2017 - Pahilopustak.com All rights reserved